प्रभाव पार्न सक्ने खेलाडी : अब्दुल्लाह सफिक (पाकिस्तान)

काठमाडौँ । पाकिस्तानी टोलीका माथिल्लो क्रमका ब्याट्सम्यान हुन्, अब्दुल्लाह सफिक । जारी विश्वकपमा पाकिस्तानी टोलीको प्रदर्शन निराशाजनक छ । तर, अब्दुल्लाह सफिकले भने टोलीका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
२४औँ वर्ष प्रवेशको सँघारमा रहेका यी दायाँ हाते ब्याट्सम्यानले पाकिस्तानका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् । यद्यपि, अन्तर्राष्ट्रिय क्रिकेटमा उनको इतिहास भने खासै लामो छैन । उनले सन् २०२२ को अगस्त २१ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए ।
अब्दुल्लाह सफिकले हालसम्म पाकिस्तानका लागि नौवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामात्र खेलेका छन् । एकदिवसीयमा उनले ३८.२२ को औसतले कुल तीन सय ४४ रन बनाएका छन् । एकदिवसीयमा उनले एक सतक र तीन अर्धसतक बनाएका छन् ।
एकदिवसीय खेलमा उनको उच्च स्कोर एक सय १३ रन हो । उनले देशका लागि हालसम्म १४ वटा टेस्ट खेल्दै ५०.८३ को औसतले कुल एक हजार दुई सय २० रन बनाएका छन् । टेस्टमा उनले चार सतक र चार अर्धसतक पनि बनाएका छन् ।
टेस्टमा उनको उच्च स्कोर दुई सय एक रन हो । यसका अतिरिक्त उनले पाकिस्तानका लागि ६ वटा टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै कुल ६४ रन बनाएका छन् । टी—२० क्रिकेटमा उनको उच्च स्कोर अविजित ४१ रन हो ।
जारी विश्वकपमा भने उनले नेदरल्यान्ड्सविरुद्धको खेल खेलेका थिएनन् । श्रीलंकाविरुद्धको खेलमा पाकिस्तानलाई जित दिलाउन उनले एक सय १३ रनको योगदान गरेका थिए । त्यो खेलमा उनले एक सय तीन बलको सामना गरी तीन छक्का र १० चौका हिर्काएका थिए ।
यसैगरी अस्ट्रेलियाविरुद्धको खेलमा पनि उनले ६१ बलमा दुई छक्का र सात चौकाको मद्दतले ६४ रनको योगदान गरेका थिए । अफगानिस्तानविरुद्धको खेलमा पनि उनले टोलीका लागि ५८ रनको योगदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
-
गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म