राज्य व्यवस्था तथा सुशासन समिति बैठक
राष्ट्रियसभामा रिक्त हुने १९ पदको चुनाव माघ १० गते गर्न आयोगको प्रस्ताव
बुधबार, १५ कात्तिक २०८०, ११ : ३९
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुन लागेको १९ सिटका लागि आगामी माघ १० गते आसपास निर्वाचन गर्न प्रस्ताव गरेको छ । बुधबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रस्ताव गरेका हुन् ।
उनले माघ १०, ११ वा १२ गतेसम्म चुनाव गर्न आवश्यक रहेको र त्यसका लागि सरकारले निर्णय गर्नुपर्ने बताए । यस्तै प्रतिनिधिसभामा रिक्त रहेको १ सिट, प्रदेशसभामा २ सिट र स्थानीय तहमा २४ स्थानमा उपयुक्त समयमा उपनिर्वाचन गर्न आयोग तयार रहेको बताए ।
फागुन २० गते राष्ट्रिय सभाका १९ सदस्य रिक्त हुँदैछन् । सदस्य रिक्त हुनुभन्दा एकमहिना अघि निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण