डब्लुएचओ क्षेत्रीय निर्देशक : आचार्यलाई हराउँदै बंगलादेशी प्रधानमन्त्रीकी छोरी विजयी
नयाँ दिल्ली । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेद नेपालका शम्भुप्रसाद आचार्यलाई पछि पार्दै दक्षिण पूर्वी एसियाका लागि विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकमा मनोनीत भएकी छन् । वाजेदले ८ मत पाउँदा नेपालले मात्र दुई मत प्राप्त गर्न सफल भयो ।
बंगलादेशको अटिजम र न्युरोडेभलप्मेन्ट डिसअर्डरको राष्ट्रिय सल्लाहकार रहेकी वाजेदले सन् २०२४ को फेब्रअुरी १ बाट पदभार सम्हाल्ने छिन् । उनको कार्यकाल ५ वर्षको हुनेछ भने उनी एकपटक पुनः नियुक्तिका लागि पनि योग्य हुनेछिन् ।
विश्व स्वास्थ्य संगठनका प्रमुख डा.टेड्रोस अधानोम घेब्रेसिसले सदस्य राष्ट्रहरूलाई गत अगस्त १८ मा उम्मेदवारहरूको नाम पठाएका थिए । बंगलादेश र नेपालबाहेक भारत, भुटान, उत्तर कोरिया, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोरले मतदानमा भाग लिएका थिए ।
बंगलादेशकी प्रधानमन्त्रीले आफ्नो छोरीलाई उम्मेदवार बनाएपछि यसपटक मतदानले राजनीतिक रूप लिएको थियो । मोदी र हसिनाको सम्बन्धले नेपालले भारतको मत नपाउने यसअघि नै करिब पक्कापक्की थियो । सो संगठनको हाल क्षेत्रीय निर्देशक पदमा भारतका डा .पुनम क्षेत्रपाल सिंह छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण