अमेरिकी उत्पादनमा अपेक्षा गरेभन्दा बढी ह्रास
वासिङ्टन । नयाँ मागमा तीव्र गिरावट आएपछि विश्लेषकहरूले अपेक्षा गरेभन्दा बढीले अक्टोबरमा अमेरिकी उत्पादन गतिविधिमा सङ्कुचन आएको सर्वेक्षण तथ्याङ्कले देखाएको छ ।
आपूर्ति व्यवस्थापन इन्स्टिच्युट (आईएसएम) को उत्पादन सूचकाङ्क गत महिना ४६.७ प्रतिशतमा झरेको थियो, जुन सेप्टेम्बरमा ४९.० प्रतिशत थियो ।
यो मार्केटवाचद्वारा सर्वेक्षण गरिएका अर्थशास्त्रीहरूको औसत अपेक्षाभन्दा निकै कम हो । यसले विनिर्माण गतिविधि ५० प्रतिशत सीमाभन्दा तल रहेको सङ्केत गरेको छ । यसले उत्पादन क्षेत्रको वृद्धिमा आएको ह्रासलाई सङ्केत गर्दछ । यो सङ्कुचनको लगातार १२ औँ महिना हो र यो वर्षको जुलाई पछिको सबैभन्दा कम मासिक आँकडा हो ।
आईएसएमका सर्वेक्षण प्रमुख टिमोथी फियोरले भने, “अमेरिकी उत्पादन क्षेत्र अक्टोबरमा पनि सङ्कुचित र तीव्र दरमा घट्ने क्रम जारी रह्यो ।”
उनले थपे, “अझै पनि अर्डर कोमलता जारी रहँदा नतिजाहरूलाई कम्पनीहरूले उचित रूपमा व्यवस्थापन गरिरहेका छन् ।”
नयाँ माग सूचकाङ्क अब द्रुत दरमा सङ्कुचित भइरहेको छ । फियोरका अनुसार उत्पादन सूचकाङ्कमा प्रत्यक्ष रूपमा संलग्न हुने पाँच उपसूचकमध्ये उत्पादन सूचकाङ्क मात्र विस्तार भइरहेको छ ।
फेडको निर्णय प्रक्रियामा थप तीव्र सङ्कुचन कारक हुनेछ किनकि यसले बुधबार पछि आफ्नो पछिल्लो ब्याज दर निर्णय घोषणा गर्ने तयारी गरिरहेको छ ।
विश्लेषक र व्यापारीहरूले अमेरिकी केन्द्रीय बैंकले ब्याजदरलाई स्थिर राख्ने अपेक्षा गरेका छन् र यसले व्याज दरलाई केही समयका लागि २२ वर्षको उच्च बिन्दुमा राख्न चाहेको सङ्केत गरेका छन् ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण