तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी
काठमाडौँ । गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी भइरहेको छ । सरकारले विश्वको ठुलो खुला सङ्ग्रहालय दाबी गरिएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (संयुक्त राष्ट्रसङ्घीय अङ्ग–युनेस्को) को जवाफ पर्खिरहेको छ ।
पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गका अनुसार तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्न स्थानीय सरकार, स्थानीय तह, स्थानीय बासिन्दा, विज्ञहरूसँग छलफल र सिमानाबारे प्रस्ट पारेर युनेस्कोलाई पत्र पठाइएको छ ।
उनले भने, “तिलौराकोटमा गरिएका अध्ययन अनुसन्धानबाट बुद्धको राजप्रसाद रहेको पुरातात्त्विक प्रमाण, बुद्ध ग्रन्थ, चिनियाँ यात्रीको यात्रा वृत्तान्त र उत्खननबाट प्राप्त सामग्रीले सुरक्षित स्थल रहेको प्रमाणित भए अनुसार संरक्षित क्षेत्रका रूपमा सूचीकृत गर्ने काम भइरहेको छ ।”
उनले सन् २०२४ सम्ममा सूचीकृत गर्ने तयारी अनुसार युनेस्कोले पठाएको जवाफ अनुसार तयारी गरेर आगामी विश्व सम्पदा सम्मेलनमार्फत थप प्रक्रिया अघि बढाइने बताए । उनका अनुसार मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्व सम्पदामा सूचीकृत गर्न युनेस्को तयार देखिएको छ ।
पुरातत्त्व विभागले १६ वटा क्षेत्रलाई सम्भावित विश्व सम्पदा क्षेत्रको सूचीमा राखेर अध्ययन, अनुसन्धानको काम अघि बढाएको भन्दै उनले काभ्रेको पनौती क्षेत्रलाई समेत सम्पदा क्षेत्रमा सूचीकृत गर्ने प्रक्रियासमेत जारी रहेको बताए ।
ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक नगर पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने कार्य जारी रहेको छ । युनेस्कोका नेपाल प्रतिनिधिले समेत पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक सम्पदाको अवलोकन गरिसकेका छन् । थप प्रक्रिया अघि बढाउनेबारे शुक्रबार नगरपालिकामा थप छलफल हुँदै छ । पनौतीलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्न आवश्यक तयारी अनुसार स्थानीय जनतासँग शुक्रबार पनौती नगरपालिकाले अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्दै छ ।
उक्त अन्तर्क्रिया कार्यक्रममा विभागका तर्फबाट विभागका अभिलेख अधिकृत देवेन्द्र भट्टराई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तर्फबाट सहसचिव सुरेशकुमार श्रेष्ठ सहभागी हुने जनाइएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आन्तरिक स्रोतमा कर्णालीको ‘कन्तबिजोग’: आम्दानीमा उल्लेख्य सुधार नआउँदा घटाइयो लक्ष्य
-
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
-
पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात
-
कोलम्बिया र कङ्गोबिच प्रतिस्पर्धा सुरु, जितको खोजीमा दुवै टोली
-
रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी, मतदान प्रक्रियामा ढिलाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण