अमेरिकी बेरोजगारी दरमा ३.९ प्रतिशतले वृद्धि
वासिङ्टन । अमेरिकी रोजगारदाताले अक्टोबरमा एक लाख ५० हजार रोजगारी थपेको र बेरोजगारी दर ३.९ प्रतिशतसम्म पुगेको अमेरिकी श्रम विभागले शुक्रबार जनाएको छ ।
स्वास्थ्य सेवा, सरकारी र सामाजिक सहायतामा रोजगारीको लाभ भएको छ, श्रम साङ्ख्यिकी विभागो (बीएलएस) ले भनेको छ, 'कार निर्माण कम्पनीमा कामदारहरूको हडतालको कारण कार उत्पादन क्षेत्रका करिब ३५ हजार रोजगारी गुमेका छन् ।'
अमेरिकी रोजगारदाताहरूले सेप्टेम्बरमा दुई लाख ९७ हजार रोजगारीहरू थपेका थिए । अगष्टमा पनि आर्थिक वृद्धि दर घटेपछि रोजगारी सङ्ख्या एक लाख ६५ हजारमा झरेको थियो ।
यी संशोधनहरूको साथ, अगस्त र सेप्टेम्बरमा संयुक्त रूपमा रोजगारी पहिले रिपोर्ट गरिएको भन्दा एक लाख एक हजार सङ्ख्या कम थियो ।
गत अप्रिलमा ३.४ प्रतिशतको न्यून विन्दुमा पुगेको बेरोजगारी दर ०.५ प्रतिशत बिन्दुले बढेको छ, जसले श्रम बजारको वृद्धिदर सुस्त भएको सङ्केत गर्छ ।
अमेरिकी फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले यसै साताको सुरुमा भनेका थिए, “श्रम बजार अझै कडा छ तर आपूर्ति र मागको अवस्था राम्रो सन्तुलनमा आउँछ ।”
पावेलले भने,“मुद्रास्फिति घटाउनका लागि सम्भावित वृद्धिदरभन्दा कम हुने र श्रम बजारको अवस्था नरम हुने सम्भावना छ ।”
बीएलएसको प्रतिवेदनले श्रम शक्तिको सहभागिता दर ६२.७ प्रतिशत रहेको देखाएको छ, जुन सेप्टेम्बरको ६२.८ प्रतिशतको तुलनामा केही कम थियो र महामारी पूर्वको स्तर ६३.४ प्रतिशतभन्दा कम थियो ।
अक्टोबरमा, निजी गैर–कृषि पेरोलमा सबै कर्मचारीहरूको लागि औसत प्रति घण्टा कमाई सात सेन्ट, वा ०.२ प्रतिशतले बढेर ३४ं अमेरिकी डलर पुगेको छ । पछिल्लो १२ महिनामा प्रतिघण्टा औसत आम्दानी ४.१ प्रतिशतले बढेको छ ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण