भूकम्प प्रभावितको प्रभावकारी उद्धार र राहतको व्यवस्था गर्न एमालेद्वारा सरकारको ध्यानाकर्षण
शनिबार, १८ कात्तिक २०८०, ०७ : १०
काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले भूकम्पमा परेर घाइते भएका नागरिकको प्रभावकारी उद्धार र राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले शनिबार बिहान सामाजिक सञ्जाल मार्फत जाजरकोट आसपासमा भूकम्पका कारण प्रभावित भएका नागरिकको उचित व्यवस्थापन गर्न र घाइतेहरूको उपचार प्रभावकारी रूपमा गर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सचेतक बर्तौलाले गएको मध्य रातमा जाजरकोट आसपास केन्द्र बनाएर गएको भूकम्पमा परि जाजरकोट र रुकुममा ठुलो धनजनको क्षति भएको प्रति दुःखद व्यक्त गरेका छन् । उनले क्षतिको पुरा विवरण आइसकेको कारण सतर्कता अपनाउन अपिल समेत गरेका छन् ।
विपद्को यश अवस्थामा प्रभावकारी र राहतमा जुट्न तथा सहयोग पुर्याउन आम आम नागरिकहरूलाई आग्रह समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण