कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठक सम्पन्न, के–के भयो निर्णय ?
सुर्खेत । कर्णाली प्रदेश सरकारले जाजरकोट भूकम्पमा ज्यान गुमाएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै भोलि एक दिन शोक मनाउने निर्णय गरेको छ । शनिबार बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिएका हुन् ।
त्यस्तै बैठकले राहत र उद्धारका लागि प्रदेश विपद् व्यवस्थापन कोषमा तत्काल १० करोड जम्मा गर्ने निर्णय गरेको छ । यसैगरी भूकम्प प्रभावित स्थानीय तहलाई तत्कालका लागि राहत र उद्धार गर्न ५ देखि २५ लाख रकम प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।
जिसीका अनुसार कोषलाई सार्वजनिक गर्दै त्यसमा सहयोग गर्न दाताहरूलाई आह्वान गर्ने पनि आजको बैठकबाट निर्णय गरिएको छ । उनले राहत वितरणको कार्य एकद्वार प्रणालीमार्फत गरिने जानकारी दिए । प्रदेशबाट जिल्ला प्रशासन कार्यालयमार्फत राहत वितरण हुने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार
-
स्पेन समूह विजेता, केप भर्डे उपविजेता बन्दै पहिलो पटक अन्तिम ३२ मा, उरुग्वे र साउदी बाहिरिए
-
कार्गो जहाजमा ड्रोन हमलापछि अमेरिकाद्वारा इरानमाथि प्रत्याक्रमण
-
बागमतीको पूर्वाधार योजनाः प्रादेशिक सडकमा ७ अर्ब १० करोड बजेट
-
नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल
-
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण