आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्प प्रभावितलाई बागलुङको सामूहिक सहयोग : नगरपालिकाले ३ र गाउँपालिकाले साढे २ लाख दिने

आइतबार, १९ कात्तिक २०८०, १९ : ३७
आइतबार, १९ कात्तिक २०८०

पोखरा । जाजरकोट इपिसेण्टर भएर गएको विनाशकारी भूकम्पमा प्रभावितलाई सघाउन बागलुङले सामूहिक प्रयत्न गरेको छ । जिल्ला स्थित विपद् व्यवस्थापन समितिको बैठक बसेर सामूहिक सहयोग गर्ने निर्णय गरेको हो । 

नगरपालिकाले प्रति नगरपालिका ३ लाख र गाउँपालिकाले प्रतिपालिका २ लाख ५० हजारका दरले राहत रकम पठाउने निर्णय भएको हो । यस्तै, कालिका मन्दिर व्यवस्थापन समितिले १ लाख ६० हजार र ६० पिस साडी दिने घोषणा गरेको छ । 

नेपाल चिकित्सक संघ बागलुङ र सिवाइसी नेपालले ५० हजारका दरले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । राहत सामग्री संकलन र व्यवस्थापनको जिम्मा रेडक्रस सोसाइटी र बागलुङ उद्योग वाणिज्य संघलाई दिइएको छ । 

धवलागिरि अस्पताल, चिकित्सक संघले आधारभूत औषधी र स्वास्थ्यकर्मीको टोली पठाउने छ । जिल्लाको सहयोग एकमुष्ठ रुपमा पठाउनका लागि पहल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप