भूकम्प प्रभावितलाई बागलुङको सामूहिक सहयोग : नगरपालिकाले ३ र गाउँपालिकाले साढे २ लाख दिने
पोखरा । जाजरकोट इपिसेण्टर भएर गएको विनाशकारी भूकम्पमा प्रभावितलाई सघाउन बागलुङले सामूहिक प्रयत्न गरेको छ । जिल्ला स्थित विपद् व्यवस्थापन समितिको बैठक बसेर सामूहिक सहयोग गर्ने निर्णय गरेको हो ।
नगरपालिकाले प्रति नगरपालिका ३ लाख र गाउँपालिकाले प्रतिपालिका २ लाख ५० हजारका दरले राहत रकम पठाउने निर्णय भएको हो । यस्तै, कालिका मन्दिर व्यवस्थापन समितिले १ लाख ६० हजार र ६० पिस साडी दिने घोषणा गरेको छ ।
नेपाल चिकित्सक संघ बागलुङ र सिवाइसी नेपालले ५० हजारका दरले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । राहत सामग्री संकलन र व्यवस्थापनको जिम्मा रेडक्रस सोसाइटी र बागलुङ उद्योग वाणिज्य संघलाई दिइएको छ ।
धवलागिरि अस्पताल, चिकित्सक संघले आधारभूत औषधी र स्वास्थ्यकर्मीको टोली पठाउने छ । जिल्लाको सहयोग एकमुष्ठ रुपमा पठाउनका लागि पहल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण