'नेपालमा ९० प्रतिशत मानसिक रोगी स्वास्थ्योपचारबाट वञ्चित'
काठमाडौँ । नेपालमा ९० प्रतिशत मानसिक रोगीहरुले मानसिक स्वास्थ्योपचारबाट वञ्चित भएको मनोचिकित्सकहरुले बताएका छन् ।
मंगलवारबाट काठमाडौँमा सुरु भएको १४ औँ सार्क अन्तर्राष्ट्रिय मनोचिकित्सक सम्मेलनमा सार्क राष्ट्रका मनोचिकित्सकहरुले यस्तो तथ्यांक रहेको बताएका हुन् ।
उनीहरुले सार्क राष्ट्रमा मानसिक स्वास्थ्यको उपचारबाट वञ्चित हुनेहरु करिब ८४ प्रतिशत रहेको बताए । उनीहरुले आत्महत्याको तथ्यांक हेर्दा एशियामा जनसंख्याको हिसाबले सबैभन्दा धेरै भारतमा हुने गरेको बताएका छन् ।
मनोचिकित्सक डा. कमल गौतमले विश्वव्यापी रुपमा मानसिक स्वास्थ्यको उपचार नपाउनेहरु ८४ प्रतिशत रहेको बताए । उनले नेपालमा करिब ९० प्रतिशत मानसिक रोगीहरु उपचारबाट वञ्चित रहेको बताए ।
सम्मेलनमा बोल्दै मनोचिकित्सक डा. सरोज ओझाले कडा खालको मानसिक रोगको उपचार राज्यले गर्नुपर्ने बताए । उनले नेपालमा मानसिक स्वास्थ्य ऐन छुट्टै बनाउनुपर्नेमा अहिलेसम्म बन्न नसकेको बताए । उनले आत्महत्या रोकथामको लागि राज्यले जनमानसमा जनचेतना फैल्याउने र पीडितले अचानक सेवा चाहिए कहाँबाट सेवा लिने भन्नेका लागि हटलाइन सर्वसुलभ गर्ने र दक्ष जनशक्तिबाट आवश्यक परामर्श दिन आवश्यक रहेको बताए ।
सम्मेलन मंगलबार र बुधवार गरी दुई दिनसम्म चल्नेछ । सम्मेलनमा सार्क राष्ट्रमा मानसिक समस्याहरुबाट व्यहोर्नुपरेको क्षति, उपचारका उपायका बारेमा छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले सम्झौता उल्लङ्घन गरे प्रतिकार गर्ने इरानको चेतावनी
-
नाइजरको राजधानीमा विमानस्थलमा सशस्त्र हमला, ११ सैनिक र २ सर्वसाधारणको मृत्यु
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
नेपाली चियामा भारतीय अवरोध नीतिगतभन्दा पनि व्यावहारिक जटिलता बढी
-
भारतीय बजारमा नेपाली चियाको अवरोध : सङ्कटमात्रै होइन, रणनीति बदल्ने अवसर
-
अब ‘डिजिटल त्रिवि’ : विद्यार्थीले लाइन बस्न नपर्ने !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण