शीर्ष नेताहरुलाई महामन्त्री थापाले भने– राजनीतिबाट विश्राम लिनुहोस्, गणतान्त्रिक व्यवस्था बलियो हुन्छ
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शीर्ष नेताहरुलाई सक्रिय राजनीतिबाट विश्राम लिएर गणतान्त्रिक व्यवस्थालाई बलियो बनाउन आग्रह गरेका छन् ।
मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले शीर्ष नेताले सक्रिय राजनीतिबाट विश्राम लिएमा गणतान्त्रिक व्यवस्थालाई कसैले केही गर्न नसक्ने बताएका हुन् ।
मंगलबार शान्ति सम्झौता गर्ने प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो । सो छलफलमा गणतान्त्रिक व्यवस्था जोगाउने विषयमा सबै एक मत भएका थिए ।
शीर्ष नेताहरुको बैठकपछि महामन्त्री थापाले लेखेका छन्,‘यो गणतान्त्रिक व्यवस्था स्थापना गर्न तपाईँहरू (शीर्ष नेता)ले निभाउनु भएको भूमिका महत्त्वपूर्ण छ । इतिहासले सधैँ सम्झिने छ । तपाईँहरू फेरि भन्दै हुनुहुन्छ यो व्यवस्था बलियो बनाउन एकजुट हुनु पर्यो । मैले भन्दै आएको छु, फेरि भन्छु–तपाईँ शीर्ष नेताहरूले यो व्यवस्थामा गर्न र दिन सक्ने सबै योगदान दिइसक्नुभयो । अब सक्रिय राजनीतिबाट विश्राम लिदिनु भयो भने, यो व्यवस्थालाई कसैले केही गर्नै सक्दैन । यो व्यवस्थालाई बलियो बनाउन तपाईँहरू एकजुट भएर यही एउटा मात्रै काम गरिदिनुहोस् ।’
महामन्त्री थापाले शीर्ष नेताहरुले राजनीतिबाट विश्राम लिए गणतन्त्रविरुद्ध उठिरहेका आवाजहरू आफैँ हराउँदै जाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
-
'अपरेसन ईलिगल एजेन्ट क्लिन-अप' र स्थानीय तहबाटै श्रम स्वीकृति सहजीकरण
-
सवारी दुर्घटनाबाट हुने क्षति कम गर्न चुनौती
-
पश्चिम एसिया सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी
-
९७ प्रतिशत बालबालिकालाई दादुराविरूद्धको खोप
-
खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण