युट्युबर मनोज मानव पक्राउ
बिहीबार, २३ कात्तिक २०८०, ११ : २२
काठमाडौँ । युट्युबर मनोज मानव पक्राउ परेका छन् । भोटाहिटीस्थित साइबर ब्यूरोले मनोजलाई बुधबार राति पक्राउ गरेको हो ।
मनोज मानव भनिने मनोज कुमार महतोले आफ्नो चरित्रहत्या गरेको भन्दै एक महिलाले दिएको उजुरीको आधारमा मनोजलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । स्टार अनलाइन टिभी नामक युट्युब च्यानल चलाउने महतोले व्यक्तिगत चरित्रहत्या हुने प्रकृतिको विषयवस्तु प्रकाशन तथा प्रशारण गरेको, अन्य व्यक्तिसँगको तस्बिर र भिडियो जोडेर चरित्रहत्या गरेको भन्दै ब्यूरोमा उजुरी आएपछि उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।
मानवलाई म्याद थप गर्न काठमाडौँ जिल्ला अदालत लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी ठगको पैसा सरकारी बजेटबाट तिर्न सुरु गरे वर्तमान व्यवस्था नै ढल्छ : दुर्गा प्रसाईं
-
बालेन सरकारले सय दिन नपुग्दै तमाम गल्ती गरिसक्यो, जनताले विकल्प खोज्दै छन् : राणा
-
पटना गोलीकाण्डका अभियुक्त विराटनगरमा मृत फेला
-
नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा
-
इरान–अमेरिकाबिचकाे युद्ध अन्त्य गर्ने प्रयास तीव्र, कतारकाे उच्चस्तरीय टाेली तेहरानमा
-
राजमार्ग भत्किएका छन्, बजेट छैन : सडक सञ्जालबाट अलग्गिने जोखिममा इलाम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण