आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एमबीबीएस र बीडीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

शुक्रबार, २४ कात्तिक २०८०, ११ : १२
शुक्रबार, २४ कात्तिक २०८०

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । शैक्षिक सत्र २०८०/०८१ मा चिकित्सा शिक्षा स्नातक तहमा भर्नाका लागि विद्यार्थी छनौट गर्न कात्तिक १८ र १९ गते एकीकृत प्रवेश परीक्षा (कमन इन्ट्रान्स) लिएको थियो । उक्त परीक्षाको नतिजा बिहीबार राति सार्वजनिक गरेको हो ।

आयोगले २ हजार ६८२ जना विद्यार्थीको नाम निकालेको छ । उनीहरूले एमबीबीएस र बीडीएस पढ्न पाउनेछन् । त्यसमा निश्चित अंक ल्याउने विद्यार्थीले पूर्ण छात्रवृत्तिमा र बाँकीले शुल्क तिरेर पढ्न पाउनेछन् ।

विद्यार्थीहरूले आफ्नो प्रोफाइलमा समेत प्रकाशित नतिजा हेर्न सकिने आयोगले जनाएको छ । उत्तर पुस्तिकामा रोल नम्बर र प्रश्न पत्र सेटको बबल नभरेका तथा बबल गलत भरेका उम्मेदवारको उत्तर पुस्तिका रद्द गरिएको आयोगले जनाएको छ ।

नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहेको खण्डमा १ हजार दस्तुर तिरेर निवेदन दिन सकिनेछ ।

त्यसका लागि मंसिर १ गतेदेखि ५ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ । प्रकाशित नतिजामा कुनै पनि आरक्षण समूहभित्र परेका उम्मेदवारको विरुद्धमा दावीविरोध गर्न चाहेमा प्रमाणसहित पुनर्योगको लागि तोकिएको समयभित्र निवेदन दिन सकिनेछ । झुठा विवरण पेश गरी परीक्षामा सम्मिलित भएको पाइएमा त्यस्ता परीक्षार्थीको नतिजा जुनसुकै बेला पनि रद्द गर्न सकिने आयोगले जनाएको छ । प्राथमिकता क्रम निर्धारण तथा म्याचिङसम्बन्धी सूचना पछि प्रकाशन गरिने आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप