एमबीबीएस र बीडीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । शैक्षिक सत्र २०८०/०८१ मा चिकित्सा शिक्षा स्नातक तहमा भर्नाका लागि विद्यार्थी छनौट गर्न कात्तिक १८ र १९ गते एकीकृत प्रवेश परीक्षा (कमन इन्ट्रान्स) लिएको थियो । उक्त परीक्षाको नतिजा बिहीबार राति सार्वजनिक गरेको हो ।
आयोगले २ हजार ६८२ जना विद्यार्थीको नाम निकालेको छ । उनीहरूले एमबीबीएस र बीडीएस पढ्न पाउनेछन् । त्यसमा निश्चित अंक ल्याउने विद्यार्थीले पूर्ण छात्रवृत्तिमा र बाँकीले शुल्क तिरेर पढ्न पाउनेछन् ।
विद्यार्थीहरूले आफ्नो प्रोफाइलमा समेत प्रकाशित नतिजा हेर्न सकिने आयोगले जनाएको छ । उत्तर पुस्तिकामा रोल नम्बर र प्रश्न पत्र सेटको बबल नभरेका तथा बबल गलत भरेका उम्मेदवारको उत्तर पुस्तिका रद्द गरिएको आयोगले जनाएको छ ।
नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहेको खण्डमा १ हजार दस्तुर तिरेर निवेदन दिन सकिनेछ ।
त्यसका लागि मंसिर १ गतेदेखि ५ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ । प्रकाशित नतिजामा कुनै पनि आरक्षण समूहभित्र परेका उम्मेदवारको विरुद्धमा दावीविरोध गर्न चाहेमा प्रमाणसहित पुनर्योगको लागि तोकिएको समयभित्र निवेदन दिन सकिनेछ । झुठा विवरण पेश गरी परीक्षामा सम्मिलित भएको पाइएमा त्यस्ता परीक्षार्थीको नतिजा जुनसुकै बेला पनि रद्द गर्न सकिने आयोगले जनाएको छ । प्राथमिकता क्रम निर्धारण तथा म्याचिङसम्बन्धी सूचना पछि प्रकाशन गरिने आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण