नेकपा एमालेले तयार पार्यो ८८५ प्रशिक्षक
काठमाडौँ । नेकपा एमाले केन्द्रीय पार्टी स्कुल विभागको १७ औं बैठकले पार्टीको प्राथमिक तहको पाठ्यक्रम स्वीकृत गरेको छ ।
उपमहासचिव समेत रहेका स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीको अध्यक्षतामा सम्पन्न बैठकले प्राथमिक तहको पाठ्यक्रम स्वीकृत गर्नुका साथै १४ वटा विषयगत डेस्क निर्माण समेत गरेको विभागका सदस्य विष्णु रिजालले जानकारी दिए । एमालेले पार्टीमा तीन तहको पाठ्यक्रम निर्माण गरेर नेता कार्यकर्ताहरुलाई पढाउने तयारी गरेको छ ।
‘एमालेमा तीन तहको पाठ्यक्रम छ । जसमा प्राथमिक, माध्यामिक र उच्च तह । प्राथमिक तहको जिल्लामा चलाउने, माध्यामिक तहको प्रदेशमा र उच्च तहको काठमाडौमा चलाउने योजना हो’, रिजालले भने, ‘अहिले परिमार्जन गरिएको प्राथमिक तहको हो ।’
प्राथमिक तहको पाठ्यक्रम परिमार्जन गर्नुका साथै पाठ्पुस्तकको कन्टेन्ट समेत तयार पारेको नेता रिजालको भनाइ छ । एमालेले केन्द्रीय तहबाट ८८५ जना प्रशिक्षक तयार पारेको छ । जसमा प्रदेशस्तरमा ४०८ र जनसंगठन तथा केन्द्रीय तहमा चलाएको कार्यक्रममा ४७७ जना प्रशिकहरु तयार भएको एमालेले जनाएको छ । ति प्रशिक्षकहरुले जिल्ला, प्रदेश तथा संगठन मातहतमा पार्टी प्रशिक्षण दिने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रश्मि रिजाल मृत्यु प्रकरण : सिसिटिभी फुटेज विश्लेषण गर्दा के देखियो ?
-
दोहोरो आईजीनको व्यवस्थाबाट पछि हट्दै धितोपत्र बोर्ड
-
पूर्वी सुर्खेतमा जिप दुर्घटना : ५ जना गम्भीरसहित १२ घाइते
-
भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोगले मानव बेचबिखनको रूप फेरियो
-
न्यायको माग गर्दै काठमाडौँमा सहकारी पीडितको प्रदर्शन
-
निर्वाचन आयोग सरकारको छायाबाट मुक्त हुन सकेको छैन: सांसद विष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण