स्वस्तिमाले भनिन्– ‘लडाई टाइगरसँग होइन, हामीलाई दास बनाउनेहरूसँग हो’
काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काले प्रदर्शकले फिल्म ‘दिमाग खराब’ लाई हल नदिनु दादागिरी भएको बताएकी छन् । उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै यस्तो धारणा राखेकी हुन् ।
भक्तपुरस्थित क्युएफएक्समा आज बिहानको ‘दिमाग खराब’ र ‘टाइगर ३’ को बुकिङ स्क्रिन सट समेत पोस्ट गर्दै लेखेकी छन्, ‘भक्तपुरस्थित क्युएफएक्समा आज ‘दिमाग खराब’ र ‘टाइगर ३’ को बुकिङ अवस्था यस्तो छ । ‘टाइगर ३’ को बुकिङ घट्दै जाँदा पनि जबरजस्ती शो सङ्ख्या बढाइएको छ । बुकिङ रातै हुँदा पनि ‘दिमाग खराब’ लाई शो नदिएर हेपिएको छ । यो दादागिरी हो ।’
उनले आफूहरूको लडाई ‘टाइगर ३’ सँग नभएर उसलाई राजा बनाएर अरूलाई दास बनाउनेहरूसँग भएको समेत बताएकी छन् । बुधवार फिल्मका निर्देशक निश्चल बस्नेत तथा निर्माता रौनक विक्रम कँडेलले एक विज्ञप्ति जारी गर्दै फिल्मको राम्रो व्यवसाय हुँदा हुँदै पनि हलवालले शो का लागि अन्याय गरेको भन्दै न्याय नभए शुक्रवारबाट फिल्म हलबाट उतार्ने घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण