मध्यपूर्वका देशमा कस्तो छ ‘दिमाग खराब’को व्यवसाय ?
काठमाडौँ । निश्चल बस्नेत निर्देशित तिहारको अवसर पारेर कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘दिमाग खराब’ अहिले प्रदर्शनको दोस्रो सातामा छ । पहिलो साता ठिकै व्यवसाय गरेको फिल्मले दोस्रो साता भने राम्रो व्यवसाय गरिरहेको छ ।
यस्तैमा फिल्मले मध्यपूर्वका देशहरूमा पनि प्रदर्शन सुरु गरेको छ । गत शुक्रबारबाट फिल्म दुबई, बहराइन र कतारमा एकसाथ प्रदर्शन सुरु गरेको वितरक अनिशसिंह ठकुरीले जानकारी दिए ।
ठकुरीका अनुसार, फिल्मले दुबईमा १७, कतारमा १५ र बहराइनमा ७ शोज पाएको छ ।
‘नेपाली फिल्मले मध्यपूर्वका देशमा यति शोज पाउनु धेरै राम्रो हो,’ उनले भने, ‘नेपालमा दर्शक सङ्ख्या राम्रो हुँदाहुँदै ‘दिमाग खराब’ले कम शोज पाएको अवस्थामा हामीले दुबईमा भने राम्रो शोज पाएका छौँ । पहिलो दिन प्रायः हलमा हाउसफुल दर्शक देखिएका थिए । त्यसैले शोज अझै बढ्न सक्छ ।’
ठकुरीका अनुसार, यही २४ तारिखदेखि सिंगापुर, मलेसिया, ओमान, कुवेत र इराकमा पनि फिल्म प्रदर्शन हुँदै छ । नेपालमा राम्रो प्रतिक्रिया प्राप्त गरेपछि विदेशमा फिल्मको डिमान्ड बढ्न थालेको छ ।
फिल्ममा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा, विजय बराल, सुमन कार्की आदिको मुख्य भूमिका छ । फिल्म राजनीतिक र सामाजिक विषयमा आधारित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘टिकाः स्टेटलेस सोल’को छायांकन सुरु
-
भिजिट भिसामा ‘काउन्टर सेटिङ’ आरोपमा वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ
-
स्वर्णिम वाग्लेलाई राजद्रोहको मुद्दा लाग्न सक्छ : शाही
-
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक : मन्त्री चौधरी
-
अमेरिकाको न्यूजर्सीमा मनाइयो 'नेपाल डे'
-
जडीबुटी मार्ग र स्थानीय ‘इगो’ का कारण हुम्ला-बाजुरामा विवाद : आईजीपी पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण