९औँ दिनमा एक अंकमा झर्यो टाइगर–३ को कमाइ, फ्लप हुने खतरा बढ्दै
नयाँ दिल्ली । सलमान खानको टाइगर–३ लाई लिएर दर्शकहरूमा निकै उत्साह देखिएको थियो । शाहरुख खानको पठानमा टाइगरको अवतारमा सलमानको कमियोले पनि फिल्मको प्रतीक्षा बढाएको थियो ।
गएको आइतबार फिल्म रिलिज हुँदा यो सलमानको सबैभन्दा ठुलो ओपनिङ कलेक्सन गर्ने फिल्म बन्यो । सोमबारको कारोबारमा ५० करोड भन्दा धेरै कमाउने सलमानको पहिलो फिल्म पनि टाइगर ३ नै भयो । तर अब यसको कमाई सुस्ताउँदै गइरहेको छ । यसले मेकरहरुमा फिल्म फ्लप बन्ने हो कि भन्ने चिन्ता थपिदिएको छ ।
बुधवारदेखि टाइगर ३ को कमाई ओरालो लाग्न सुरु भएको थियो । हरेक दिन कमाई बढ्ला भन्दा झन् झन् घट्दै गयो । शनिवार थोरैले बढेको कमाइलाई आइतबार क्रिकेट विश्वकपले ब्रेक लगाइदियो । विश्वकप सकिने बित्तिकै दर्शकहरू हलमा फर्किने अनि फिल्मको उद्धार हुने आशा गरिएको थियो । तर अहिले स्थिति हेर्दा यस्तो नहुने देखिएको छ । सोमबार टाइगर ३ को कलेक्सन जम्मा ६ करोड भारु मात्रै रह्यो । अर्थात् आइतबारको तुलनामा सोमबारको कलेक्सन ४० प्रतिशत घट्यो ।
टाइगर ३ को घोषणा भएयता नै यसलाई यो वर्षको सबैभन्दा ठुलो फिल्ममा गणना गर्न लागिएको थियो । पहिलो दिनमा ४४ करोड भारुभन्दा धेरै कमाएको फिल्मको कमाई नवौँ दिनमा ६ करोड भारुमा झरेको छ । यो वर्षको ठुलो फिल्मको कुरा गर्नु पर्दा पठानको कमाई १३ औँ दिनमा सिङ्गल डिजिटलमा आएको थियो । जवान र गदलको कमाई १४ औँ दिनमा सिङ्गल डिजिटमा आएको थियो । अर्थात् झन्डै आधा महीना यी फिल्मले १० करोड भारुभन्दा बढीको कमाई गरेका थिए ।
यो वर्षको सप्राइज हिट केरल स्टोरीको ओपनिङ सिङ्गल डिजिटमा भएको थियो । तर दोस्रो दिन फिल्मको कमाईले दुई अंक छोयो । यसपछि फिल्मले अरु १० दिनसम्म डबल डिजिटमा कमाइ गरेको थियो । सलमान खानकै टाइगर फ्रेन्चाइजीको कुरा गर्नु पर्दा पनि सन् २०१२ मा आएको एक था टाइगरले लगातार ८ दिनसम्म दुई अंकमा कमाइ गरेर ९औँ दिन सिङ्गल डिजिटमा झरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकभर समस्याग्रस्त बाघको सङ्ख्या १६ पुग्यो, प्रतिबाघका लागि वार्षिक ३५ लाख खर्च
-
विष्णु पौडेललाई सरकारी वकिल कार्यालय लगियो, तस्बिरहरू
-
काठमाडौंमै रेबिजले लियो ज्यान, अस्पतालमा भ्याक्सिनको चरम अभाव
-
व्यवस्थित सहरीकरण र बस्ती विकासमा बागमती सरकारको जोड
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण