उर्लाबारीमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ३ पुग्यो
बिहीबार, ०७ मङ्सिर २०८०, ०९ : ३९
विराटनगर । मोरङको उर्लाबारीमा भएको आगलागी घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । बुधबार राति र बिहीबार बिहान थप दुई जनाको मृत्यु भएसँगै उर्लाबारीको आगलागीमा परेर मृत्यु हुनेको सख्या ३ पुगेको हो ।
मोरङ प्रहरीका अनुसार बिहीबार बिहान ६ः३० बजे कुमार तामाङ र बुधवार राति हेमकुमार दाहालको उपचारको क्रममा मृत्यु भएको हो । उपचारकै क्रममा यसअघि तपन पण्डितको मृत्यु भइसकेको थियो ।
गत कात्तिक २६ गते लक्ष्मीपूजाको राति उर्लाबारी –७ इटहरा रोडमा स्थानीय दीपक कार्कीको सुन पसलमा अचानक आगलागी भएको थियो । आगो निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए ।
हाल सो अस्पतालमा २२ जना घाइतेहरू उपचाररत रहेको प्रहरीले जनाएको छ । जसमध्ये आईसीयू कक्षमा ६ जना उपचाररत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
-
राष्ट्रिय दोहोरीगीत प्रतियोगिताको उपाधि निशान्त र संगीनालाई
-
‘सुपर सब’ डियालो चम्किँदा आइभोरी कोस्ट विजयी
-
अमेरिका र इरानबिच युद्धविरामको सहमति : शुक्रबार औपचारिक रूपमा हस्ताक्षर गर्ने कार्यक्रम
-
राष्ट्रिय सभामा बजेटमाथिको छलफल जारी : आज अर्थमन्त्री वाग्लेले जवाफ दिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण