२८ हजार ऋण तिर्न नसक्दा राजधानीमा एक व्यक्तिले आत्महत्याको प्रयास गरेपछि....
काठमाडौँ । राजधानीमा एक व्यक्तिले २८ हजार रुपैयाँ ऋण तिर्न नसक्दा आत्महत्याको प्रयास गरेका छन् । फेसबुक लाइभमा आएर ती व्यक्तिले शनिबार साँझ आत्महत्याको प्रयास गरेका हुन् ।
करिब साढे ६ मिनेट लाइभमा आएको उनले मोटरसाइकल किन्दा दुई वर्ष अघि ऋण लिएको र अहिले बाँकी २८ हजारका लागि आफूलाई निकै टर्चर दिने काम भएको उल्लेख गरेका छन् ।
दुई वर्षअघि २ लाख १५ हजारमा ८ प्रतिशत ब्याजमा किस्तामा यामाहाको रेजेडआर मोटरसाइकल लिएको र अहिले १८ प्रतिशत ब्याज बनाइएको उनले लाइभमा बताएका छन् । ४ लाख ५४ हजार तिरिसक्दा पनि भोलि १० गतेसम्म २८ हजार नबुझाए फाइनान्सले बाइक पनि लैजान्छु घर पनि लिलाम गर्छु भनेर टर्चर दिएको उनले बताएका छन् ।
‘जम्मा २८ हजार रुपैयाँका लागि मलाई यति टर्चर गर्यो....’, उनले लाइभमा भनेका छन् । उनले दुर्गा प्रसाईंले भनेको सही रहेको भन्दै लाइभमै पासो लगाएर अप्रिय निर्णय लिन लागेपनि समयमै पुगेको प्रहरी टोलीले जिवितै उद्धार गर्न सफल भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिए । उनलाई ताहाचलबाट जिवित उद्धार गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
-
मिटरब्याज पीडित र सरकारबिच ९ बुँदे सहमति, आन्दोलन स्थगित
-
अन्तरिक्षमा भारतको नयाँ फड्को
-
भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा, माेदीले गरे उद्घाटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण