कहिले बिहे गर्दैछन् आलिया भट्टका अनस्क्रिन पति ?
नयाँ दिल्ली । भारतीय अभिनेता विजय बर्मा यतिबेला अभिनेत्री तमन्ना भाटियालाई डेट गरिरहेका छन् । एक अर्कासँगको सम्बन्धलाई लिएर यो जोडी लामो समयदेखि चर्चामा छ । प्रायः कार्यक्रम र पार्टीमा यी दुवै साथसाथै देखिन्छन् । दुवैको जोडीलाई दर्शकहरुले मन पराइरहेका छन् । यस्तोमा यी दुईले कहिले बिहे गर्लान् भन्ने धेरैको चासो बनेको छ ।
पछिल्लो समय दुबैले बढी झेलिरहेको प्रश्न नै एकअर्कासँग वैवाहिक बन्धनमा कहिले बाँधिने भन्ने हो ।
दुबैले छिटै बिहे गर्ने अड्कलबाजी चलिरहँदा विजय बर्माले यो विषयमा आफ्नो मुख खोलेका छन् । आफ्नो बिहेबारे उनकी आमाले पनि बारम्बार कहिले गर्छस् कहिले भनेर सोधिरहेको विजयले साहित्य आजतकको एक कार्यक्रममा बताएका थिए । ‘पहिलो कुरा त यो हो कि कोही पनि केटी चाहँदिन कि म बिहे गरूँ । न त म यसको जवाफ आफ्नो आमालाई दिन सक्छु न त अरु कसैलाई,’ विजयले भनेका छन् ।
विजयले हालै मालदिभ्स घुमफिरका तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गरेका थिए । यी तस्बिरहरु अरु कसैले नभएर तमन्नाले खिचेको अनुमान लगाइएको छ । केहीले त विजय तमन्नासँगै माल्दिभ्स घुम्न भएको ठोकुवा पनि गरेका थिए । तर उनले तमन्नासँगको एउटै फोटो भने शेयर गरेका थिएनन् । यो वर्षको सुरुमा विजयले डीएनएसँगको एउटा अन्तरवार्तामा आफ्नो बिहेको योजनाबारे कुरा गरेका थिए ।
विजयको परिवार मारवाडी हो । मारवाडी समाजमा सानो उमेरमै केटाको बिहे गरिन्छ । त्यसैले उनीमाथि बिहेको दबाब चर्को छ । तर उनले अहिलेसम्म बिहे गर्ने सोच बनाइसकेका छैनन् । उनले बिहेलाई गम्भीरतापूर्वक लिएकै छैनन् । अहिले उनको पूरा ध्यान करियरमा छ । अहिले पनि उनको आमाले हरेक फोन कलमा बिहे कहिले गर्ने भनेरै सोध्छिन् । तर उनी हरेक पटक यो कुरालाई बेवास्ता गरिदिन्छन् । विजय बर्माले डार्लिङ्स फिल्ममा आलिया भट्टको पतिको भूमिका निभाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकभर समस्याग्रस्त बाघको सङ्ख्या १६ पुग्यो, प्रतिबाघका लागि वार्षिक ३५ लाख खर्च
-
विष्णु पौडेललाई सरकारी वकिल कार्यालय लगियो, तस्बिरहरू
-
काठमाडौंमै रेबिजले लियो ज्यान, अस्पतालमा भ्याक्सिनको चरम अभाव
-
व्यवस्थित सहरीकरण र बस्ती विकासमा बागमती सरकारको जोड
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण