१५८० प्रतिशत लाभांश घोषणा गरेको युनिलिभर नेपालको भोलिदेखि बुक क्लोज हुने
सोमबार, ११ मङ्सिर २०८०, १४ : २७
काठमाडौँ । नेप्सेमा सूचिकृत उच्च मुनाफा वितरण गर्ने ठूलो अन्तर्राष्ट्रिय कम्पनी युनिलिभर नेपालको भोलि (मंगलबार)देखि बुक क्लोज (सेयरधनी किताब बन्द) हुँदैछ । कम्पनीले वार्षिक साधारणसभाका लागि मंसिर १२ देखि २६ गतेसम्म १४ दिन बुक क्लोज गर्न लागेको हो ।
कम्पनीले आफ्नो ३०औँ वार्षिक साधारणसभा मंसिर २६ गते होटल याक एण्ड यति काठमाडौँमा डाँकेको छ ।
कम्पनीबाट प्रस्तावित चुक्ता पुँजीको १५८० प्रतिशत नगद लाभांश सोही साधारण सभाले पारित गर्नेछ । यसैले कम्पनीको लाभांश बुक गर्ने आज अन्तिम दिन हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म कम्पनीको सेयर खरिद गर्नेले साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्नेछन् । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १५८० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण