शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

१५८० प्रतिशत लाभांश घोषणा गरेको युनिलिभर नेपालको भोलिदेखि बुक क्लोज हुने

सोमबार, ११ मङ्सिर २०८०, १४ : २७
सोमबार, ११ मङ्सिर २०८०

काठमाडौँ । नेप्सेमा सूचिकृत उच्च मुनाफा वितरण गर्ने ठूलो अन्तर्राष्ट्रिय कम्पनी युनिलिभर नेपालको भोलि (मंगलबार)देखि बुक क्लोज (सेयरधनी किताब बन्द) हुँदैछ । कम्पनीले वार्षिक साधारणसभाका लागि मंसिर १२ देखि २६ गतेसम्म १४ दिन बुक क्लोज गर्न लागेको हो । 

कम्पनीले आफ्नो ३०औँ वार्षिक साधारणसभा मंसिर २६ गते होटल याक एण्ड यति काठमाडौँमा डाँकेको छ । 

कम्पनीबाट प्रस्तावित चुक्ता पुँजीको १५८० प्रतिशत नगद लाभांश सोही साधारण सभाले पारित गर्नेछ । यसैले कम्पनीको लाभांश बुक गर्ने आज अन्तिम दिन हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म कम्पनीको सेयर खरिद गर्नेले साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्नेछन् । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १५८० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप