चार महिनामा ४ करोडको अचार निर्यात
मङ्गलबार, १२ मङ्सिर २०८०, १७ : ०४
काठमाडौँ । चालू आर्थिक वर्षको चार महिनाको अवधिमा ४ करोड १८ लाख रुपैयाँको अचार निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चार महिनाको अवधिमा नेपालबाट विदेशतर्फ उक्त मूल्यको अचार निर्यात भएको हो ।
यस अवधिमा ५३ हजार किलोग्राम अचार बाहिरिएको छ । असोज महिनासम्मको अवधिमा नेपालबाट जम्मा २ करोड ८८ लाख रुपैयाँ बराबरको अचार निर्यात भएको थियो । त्यसयता एक महिनाको अवधिमै २ करोडले निर्यात बढेको हो ।
नेपालबाट मुख्यगरी विश्वका ९ वटा देशमा अचार बिक्री हुँदै आएको छ । सबैभन्दा धेरै अस्ट्रेलियामा २ करोड ५२ लाख रुपैयाँको अचार निर्यात हुँदा बेल्जियममा १९ लाख र क्यानडामा २२ लाखको अचार निर्यात भएको छ ।
यसबाहेक, इटालीमा ३२ लाखको निर्यात हुँदा अमेरिकामा १२ लाख, जापानमा ४३ लाख र बेलायतमा २६ लाख रुपैयाँको अचार निर्यात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण