साधारण सदस्यसमेत नरहने गरी लोसपाबाट निलम्बनमा परे जय निशान्त
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पार्टीका केन्द्रीय सदस्य जगप्रकाश चौधरी (जय निशान्त) लाई पार्टीको सदस्य सदस्य समेत नरहने गरी पार्टीबाट निलम्बन गरेको छ ।
नेता निशान्तले पार्टीको नीति, सिद्धान्त एवं हित विपरीत आवान्छनिय क्रियाकलाप गरेको आरोपमा उनलाई निलम्बन गरेको हो । पार्टीका महासचिव प्रमेश्वर साहका अनुसार नेता निशान्तले पार्टीको हित विपरीत कार्य गरेको कारण उनलाई कारबाही गरिएको हो ।
उनले भने, ‘पार्टीमा कुनै नेताबिच विवाद छ भने त्यसलाई पार्टीभित्रै मिलाउनुपर्ने थियो, तर उहाँले पार्टीमा कुनै छलफल नै नगरीकन मुद्दा मामिला तथा अन्य प्रक्रियामा जानुभयो त्यही भएर पार्टीले उहाँलाई निलम्बन गरेको हो ।’
तर नेता निशान्तले आफू पार्टीभित्र त्यस्तो कुनै आवान्छनीय क्रियाकलाप नगरेको दाबी गरे । उनले भने, 'पार्टीले मलाई निलम्बन गरेको बारेमा कुनै जानकारी छैन, त्यसको बारेमा पत्र पनि प्राप्त भएको छैन, कसैले मलाई जानकारी गराएको पनि छैन ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण