सीआईडीका इन्स्पेक्टर फ्रेडरिकलाई हृदयाघात, अस्पताल भर्ना
मुम्बई । सोनी टिभीको चर्चित टेलिभिजन कार्यक्रम सीआईडीमा इन्स्पेक्टर फ्रेडरिकको भूमिका निर्वाह गरेका अभिनेता दिनेश फडणीसलाई शुक्रबार साँझ हृदयघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । यसको पुष्टि उनका सहकलाकार दयानन्द शेट्टीले गरेका छन् ।
दयानन्द शेट्टीले सीआईडी शोमा इन्स्पेक्टर दयाको भूमिका निभाएका थिए। अस्पतालमा भर्ना भएपछि दिनेशको स्वास्थ्यमा सुधार आएको दयानन्दले बताए । उनको शरीरले राम्रो प्रतिक्रिया दिइरहेको छ। उनी छिट्टै निको भएर घर फर्किनेमा परिवार आशावादी छन् ।
५७ वर्षीय अभिनेता दिनेश फडनीसलाई मुम्बईको तुंगा अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था नाजुक भएपछि भेन्टिलेटरमा राखिएको थियो । अहिले भने दिनेशको अवस्था अहिले सुधारोन्मुख छ ।
दिनेश फडणीसले सन् १९९८ मा सुरु भएको टेलिभिजन कार्यक्रम सीआईडीबाट विशेष पहिचान पाएका थिए । सुरुका केही एपिसोडहरूमा उनले कठोर पुलिस इन्स्पेक्टर फ्रेडरिक्सको भूमिका खेले । यद्यपि पछि उनी हास्य कलाकारको रूपमा परिचित हुन थाले।
यो शो सन् २०१८ सम्म सोनी टिभीमा प्रसारण भएको थियो। कोभिड लकडाउनको समयमा पनि, सीआईडीका केही एपिसोडहरू पुनः प्रसारण गरिएको थियो। टिभी शो बाहेक, दिनेश मराठी फिल्महरूमा काम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण