पोखराको पर्यटन बसपार्कको जिम्मा निजी कम्पनीलाई
मङ्गलबार, १९ मङ्सिर २०८०, ०८ : २३

पोखरा । पोखराको पर्यटन बसपार्क सञ्चालन र व्यवस्थापनको जिम्मा निजी कम्पनीले पाएको छ । उपत्यका नगर विकास समिति मातहत रहेको उक्त बसपार्क सञ्चालन गर्न समितिले टेन्डर निकालेको थियो । एवान कन्स्ट्रक्सनले १ वर्षका लागि ३७ लाख ३० हजारमा ठेक्का लिएको हो । सम्झौता हुन बाँकी छ ।
त्यहाँको पार्किङ ठेक्का मात्रै एवानले पाएको समितिका प्रशासकीय अधिकृत प्रमोद कुमार गुरुङले जानकारी दिए । यहाँ पर्यटक बसहरु मात्रै बास बस्छन् ।यस्तै, समितिले बसपार्क भित्र रहेका सटरहरु पनि निजी कम्पनीलाई दिएको छ ।
मासिक २ लाख २४ हजार भाडा पाउने गरी ठेक्का दिइएको हो । प्रत्येक सटरको १६ हजार ५ सय देखि ४३ हजार १ सय सम्म भाडा लिने गरिएको छ । सटरको व्यवस्थापनको सम्झौता भने यसअघि नै भैसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण