स्कुटर चोरीको आरोपमा एक जना पक्राउ
मङ्गलबार, १९ मङ्सिर २०८०, २० : २४
बुटवल । रुपन्देहीमा स्कुटर चोरीको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी प्रतापपुर गाउँपालिका वडा नं.२ बस्ने २६ वर्षीय खिरी नारायण थारु रहेका छन् ।
थारुले रुपन्देही शुद्धोधन गाउँपालिका वडा नं २ कलुवा स्थित कृष्ण बहादुर खत्रीको घरमा पार्किङ गरी राखेको लु४२प ५९५२ नम्बरको स्कुटर चोरेको प्रहरीले जनाएको छ ।
मंगलबार चोरी गरी रुपन्देही देवदह नगरपालिका ५ खैरेनीबाट नवलपरासीतर्फ लैजाँदै गर्दा स्कुटरसहित चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
थारुविरुद्ध चोरी सम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
-
भारतीय नीतिमा परिमार्जनसँगै नेपाली चिया निर्यात सहज, सुपारीको समस्या सल्टाउन पहल
-
संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन
-
अमेरिका र इरानबिच दोहामा अप्रत्यक्ष प्राविधिक वार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण