वन तस्करी गरेको आरोपमा एक दर्जन बढी व्यक्ति पक्राउ, सयौँ क्यूफिट सालको काठ बरामद

रौतहट । रौतहटमा वन तस्करी गरेको आरोपमा एक दर्जन बढी व्यक्ति पक्राउ परेका छन् । डिभिजन वन कार्यालय रौतहटले शनिवार सयौँ क्यूफिट सालको अवैध काठसहित एक दर्जन बढी व्यक्तिलाई पक्राउ गरेको हो ।
डिभिजनका कार्यालयका अनुसार उनीहरुले साइकल लगायतका साधन प्रयोग गरेर काठ तस्कर गर्ने गरेको पाइएको छ । वन गस्ती टोलीले सक्रियता बढाएसँग तस्करहरूले नयाँ जुक्ति प्रयोग गरेर काठ तस्करी गर्ने गरेको डिभिजन कार्यालयले जनाएको छ ।
राष्ट्रिय वनमा तस्कर प्रवेश गरेको भन्ने सूचनाका आधारमा गएको गस्ती (सुरक्षा) टोलीले साइकलसहित काठ बरामद गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्रकुमार मिश्रले जानकारी दिए । २ दिनअघि मात्र सशस्त्र प्रहरीको वन सुरक्षा गस्ती टोलीले रौतहटको बलेरी खोर जंगलबाट दुईवटा साइकल जोडेर लोड गरिएका सालको गोलिया बरामद गरेको थियो ।
यसअघि गत साउन १५ गते सशस्त्रको वन सुरक्षा टोलीले यता ३९७ क्यूफिट सालको काठ बरामद गरेको थियो । सो अवधिमा काठ तस्करी र अवैध सिकारमा संलग्न १५ जना तस्कर लाई पक्राउ गरिएको थियो । साथै काठ तस्करीमा प्रयोग गरिएको पिकअप भ्यान १ थान, ट्याक्टर १ थान, टायर गाडा २ थान, मोटरसाइकल १ थान र साइकल १४ थान बरामद भएको डिभिजन प्रमुख मिश्रले जानकारी दिए ।
साउनयता पक्राउ परेका तस्करलाई कानुनी कारबाही गरी जरिवाना स्वरूप ६ लाख, १३ हजार १२० रुपैयाँ राजश्व सङ्कलन गरिएको डिभिजन वन कार्यालय रौतहटका सहायक अधिकृत राजेश साहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्यघाटमा मुर्दा बोल्यो, तर बोलेनन् जिउँदाहरू !
-
रोजगारी सिर्जना नगरी देशको अर्थतन्त्र अगाडि बढ्न सक्दैन: अर्थमन्त्री पौडेल
-
सैन्य आक्रमण जारी रहँदा भारतले पाकिस्तानसँग अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको भन्दै आलोचना
-
प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन पार्टीका सांसदलाई कांग्रेसको ह्वीप
-
५२ संवैधानिक नियुक्ति : आज नवौँ दिनको सुनुवाइ
-
विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालन गर्न सहयोग गर्दै ईश्वर मन्दिर