प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन पार्टीका सांसदलाई कांग्रेसको ह्विप
काठमाडौँ । नेपाली कांग्रेसले आजको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन पार्टी सांसदहरूलाई ह्विप लगाएको छ । आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रम आजको प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेस गरिने भएपछि कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले पार्टी सांसदहरूलाई ह्विप जारी गरेका हुन् ।
‘वैशाख २८ गते ११ बजे बस्ने संसद् बैठकमा नीति तथा कार्यक्रम पारित गरिने हुँदा अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्विप जारी गरिन्छ,’ प्रमुख सचेतक घिमिरेले कांग्रेस सांसदहरूलाई पठाएको म्यासेजमा उल्लेख छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । २२ गतेदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको थियो । छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने र त्यसपछि आजकै बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची संसद् सचिवालय सूचनामार्फत सार्वजनिक गरिसकेको छ ।
सत्ताको नेतृत्वकर्ता नेकपा एमालेले यसअघि नै नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न अनिवार्य उपस्थित हुन भन्दै आफ्ना सांसदहरूलाई ह्वीप जारी गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण