प्रचण्ड र माओवादी सुदूरपश्चिम संसदीय दलबिच छलफल, निर्णायक बैठक डडेलधुरामा बस्ने
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम संसदीय दलको विवाद समाधानका लागि प्रयास जारी राखेका छन् । लामो समयदेखिको विवाद समाधान गर्न आइतबार बिहान निजी निवास खुमलटारमा नेता खगराज भट्ट सहितका सांसदहरू छलफल गरेका छन् । छलफल सकारात्मक भएपनि संसदीय दलका नेता मानबहादुर धामी घर फर्किएकाले कुनै सहमति नभएको भट्टले जानकारी दिए ।
‘संसदीय दलको विवाद समाधानका लागि अध्यक्ष प्रचण्डसँग छलफल भइरहेको छ । यद्यपि कुनै सहमति भएको छैन । केही दिनमा समाधान निस्केला’, उनले भने ।
यसअघि पनि पटक पटक छलफल गरेपनि सहमति हुन नसकेको अवस्थामा प्रचण्डले वैशाख २४ गते दुवै पक्षलाई बोलाएका थिए । तर अन्तिम समयमा छलफल स्थगित भएपछि अधिकांश सांसदहरू घर फर्किसकेकोले कुनै सहमति नभएको अर्का सांसद शिवसिंह ओलीले बताए । ओलीका अनुसार प्रचण्डले दुवै पक्षलाई जेठ १ गते डडेलधुरामा बोलाएका छन् ।
‘संसदीय दलका नेतासहित अधिकांश सांसदहरू घर फर्किसकेका छन् । आजको छलफलमा चार जना सांसद मात्र थियौँ । विवाद समाधानका लागि अध्यक्षले जेठ १ गते डडेलधुरामा बोलाउनुभएको छ । बैठक सकारात्मक देखिन्छ’, ओलीले भने ।
प्रचण्ड निवासमा भट्ट, ओली, रमेशसिंह धामी र झपटबहादुर साउद सहभागी भएका थिए । प्रचण्ड मध्यपहाडी लोकमार्ग अन्तर्गतको अभियानमा भाग लिन जेठ १ गते डडेलधुरा जाँदै छन् । २०८० फागुनमा संसदीय दलको नेताबाट भट्टलाई हटाएर मानबहादुर दलको नेता बनेका थिए । दलको नेता भट्टलाई बनाउन पार्टीले चार पटक परिपत्र नै पठाएको थियो । तर अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण