सोमबार, २९ वैशाख २०८२
ताजा लोकप्रिय
अदालत

५२ संवैधानिक नियुक्तिविरुद्धको रिटमा आजदेखि पुनः सुनवाइ

आइतबार, २८ वैशाख २०८२, १० : ४०
आइतबार, २८ वैशाख २०८२

काठमाडौँ । संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आजदेखि पुनः सुनवाइ सुरू भएको छ ।  

गएको माघदेखि सुनुवाइ सुरु भई वैशाख ७ देखि १० गतेसम्म नियमित सुनुवाइ भएको ५२ संवैधानिक नियुक्ति विरुद्धको रिटमाथिको सुनुवाइ आजदेखि पुन: प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरु सपना प्रधानमल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा  सुनुवाइ सुरु भएको हो ।  वैशाख १० पछि भने भने प्रधानन्यायाधीशको कार्य व्यस्तताका कारण सुनुवाइ हुन सकेको थिएन । 

 तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ०७७ साल मंसिर ३० गते संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी अध्यादेश जारी गरी ५२ जनालाई संवैधानिक निकायमा नियुक्त गरेको थियो । 

सो नियुक्तिविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गरेका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप