नेपाल–भारत सीमा समस्या चाँडो टुङ्ग्याउन जोड
आइतबार, २४ मङ्सिर २०८०, १४ : ०५
काठमाडौँ । भारत भ्रमणमा रहेका नेपालका विद्यार्थी संगठनहरुले भारतीय जनता पार्टीलाई नेपाल–भारत सीमा समस्या चाँडो टुङ्ग्याउन जोड दिएका छन् ।
भाजपा विदेश विभागले गरेको अन्तरक्रियामा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनका अध्यक्षहरूले एक स्वरमा सीमा समस्या चाँडो टुङ्ग्याउन जोड दिएका हुन् । नेताहरूले सीमा समस्या नटुङ्ग्याए नयाँ पुस्ताबाट छलफल अगाडि बढाउनुपर्नेमा विद्यार्थी संगठनका भनाइ थियो ।
उनीहरुले नेपालका विश्वविद्यालय र भारती विश्वविद्यालयका विद्यार्थीहरुबीच एक्सचेन्ज कार्यक्रमलाई जोड दिएका थिए ।
अखिल भारतीय विद्यार्थी परिषद्को ६९ औं राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेविसंघ, अनेरास्ववियु अखिल क्रान्तिकारी लगायत विद्यालय संगठनका नेतृत्वकर्ता भारत पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण