एउटा काण्ड सेलाउन नपाउँदै अर्को काण्ड आउँदा नागरिक आजित भए : महामन्त्री थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा एउटा काण्ड सेलाउन नपाउँदै अर्को देखिन थालेको बताएका छन् । पार्टीका सानेपामा आइतबार आयोजित ‘नेपाल पुकार’को पहिलो अङ्कको लोकार्पण कार्यक्रममा उनले कुशासनका कारण नागरिक आजित भएको बताए ।
‘पछिल्लो समय हामी को हौँ ? आज हामी सरकारमा छौँ, कुशासन छ । नागरिक कुशासनले आजित छन् । एउटा काण्ड सेलाउन नपाउँदै अर्को आउँछ । सुशासनका लागि जन्मेको पार्टी हो, हामीले सरकार चलाउँदा कुशासन किन भएको छ ? जरा कहाँ छ ?,’ उनको प्रश्न छ ।
नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड र सुन काण्डपछि अहिले फेरि एनसेल काण्डले देश तरङ्गित भएको महामन्त्री थापाको भनाइ थियो ।
यस्तै उनले पार्टीमा फरक शैलीबाट काम गर्नुपर्ने आवश्यकता औँल्याए । ‘पार्टी फरक आईडी हो भने त्यसअनुसार काम गर्नुपर्छ । जाजरकोट भूकम्प र एक हजार घर बनाउने विषयले क्यालेन्डरअनुसार काम हुन सकेन । क्यालेन्डर रिभाइज गर्दै छौँ,’ उनले भने ।
सोमबारदेखि पार्टी केन्द्रीय कार्यालयमा लाइब्रेरी बनाउने काम सुरु गरी एक महिनामा सकाइने उनले जानकारी दिए ।
महासमितिको बैठक अघि प्रदेश र जिल्ला सम्मेलनले गर्दा कार्यतालिका प्रभावित भएको उनले बताए छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : जेनजी आन्दोलनमा आत्तिएर धेरै गोली, प्रथम महाधिवेशनमै वैधानिकतामाथि प्रश्न
-
८औँ नेशनल म्युजिक अवार्ड आयाेजना हुँदै
-
मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
-
'अपरेसन ईलिगल एजेन्ट क्लिन-अप' र स्थानीय तहबाटै श्रम स्वीकृति सहजीकरण
-
सवारी दुर्घटनाबाट हुने क्षति कम गर्न चुनौती
-
पश्चिम एसिया सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण