रास्वपाले बोलायो संसदीय दलको बैठक
सोमबार, २५ मङ्सिर २०८०, ०८ : ३४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । सोमबार अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा दलको बैठक बोलाइएको रास्वपा उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।
उनका अनुसार बैठक संक्रमणकालीन न्याय, विद्यालय शिक्षालगायत विधेयकमाथि छलफल केन्द्रित हुने छ । बैठकमा संसदीय दलको विधान, संसद्को आगामी अधिवेशनलगायत विषयमा छलफल हुने अर्यालले बताए । रास्वपा सभापति रवि लामिछाने बेलायतमा रहेका छन् । आजको बैठक दलका कार्यवहाक नेता विराजभक्त श्रेष्ठको अध्यक्षतामा बस्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानोभेरी नदीमा अस्पतालका सुरक्षा गार्ड मृत फेला
-
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
-
५ हजार शुल्क महँगो भएको प्रतिनिधिको गुनासो, तर भन्छन्, ‘भ्रष्टाचार रोक्न आफैँ खर्च गर्छौं’
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण