जब अनमोलको सेटमा दीपक मनाङे पुगे
काठमाडौँ । अभिनेता अनमोल केसी यति बेला पोखरामा छन् । फिल्म ‘फर्की फर्की’ छायाङ्कनका लागि उनी पोखरा पुगेका हुन् । विगत १५ दिनदेखि फिल्मको छायाङ्कन भइरहेको छ ।
गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) पनि फिल्म छायाङ्कन सेटमा पुगेका छन् । उनले छायाङ्कन सेटमा अभिनेता अनमोल केसी लगायतको टिम भेटेका छन् ।
मनाङे र अनमोलको भेट फिल्मका प्रोडक्शन हेड शंकर पाण्डेले जुराएका हुन् । भेटलाई पाण्डेले नै सामाजिक सञ्जाल फेसबुकमा तस्बिर सार्वजनिक गरेका छन् । मनाङे र अनमोलबिच भेटमा हाई हेल्लो बाहेकको कुराकानी नभएको पाण्डेले बताए ।
‘दीपक दाइले फिल्म हेर्ने कुरो गर्नु भएको थियो । मैले मेरो फिल्मको सुटिङ पोखरमै छ । त्यो पनि हेरौँ । फिल्म पनि हेरौला भनेको थिए । त्यसपछि उहाँ सेटमै आउनु भयो’ पाण्डेले थपे ।
मनाङे पछिल्लो समय लगातार फिल्म निर्माणमा सक्रिय छन् । उनको प्रस्तुति रहने केही दिन अघि नयाँ फिल्म ‘कङ्गारु’ घोषणा भएको थियो ।
फिल्म ‘फर्की फर्की’मा अनमोलको अलावा र नायिका जसिता गुरुङको पनि मुख्य भूमिका छ । पोखरामा २५ दिने खिच्ने सेड्यूल रहेको फिल्मको त्यसपछि मुस्ताङ, अन्नपूर्ण बेस क्याम्प, काठमाडौँ र इन्डोनेसियाको बालीमा छायाङ्कन हुनेछ ।
सुयोग गुरुङ निर्देशक रहेको फिल्मका निर्माता रोहित अधिकारी र ओम अग्रवाल हुन् । फिल्मको रिलिज नयाँ वर्षको जेठ ११ गते तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण