सहकारी विभागको रजिस्ट्रारमा घिमिरे नियुक्त
मङ्गलबार, २६ मङ्सिर २०८०, १३ : १८

काठमाडौँ । संघीय सहकारी विभागको रजिस्ट्रारमा पिताम्बर घिमिरे नियुक्त भएका छन् । यस अघिका रजिष्ट्रार नमराज घिमिरेको सरुवासँगै उनलाई रजिस्ट्रारको जिम्मेवारी दिइएको हो ।
घिमिरे यस अघि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत थिए । निजामती सेवामा २५ वर्ष बिताएका घिमिरेले त्यस अवधिमा विभिन्न सरकारी निकायहरूमा रहेर काम गरिसकेका छन् ।
उनी भूमि व्यवस्थापन तथा अभिलेख विभागको महानिर्देशक भइसकेका छन् भने विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर अनुभव हासिल गरेका छन् ।
घिमिरेलाई मङ्सिर २५ गतेदेखि सहकारी विभागको रजिस्ट्रारको जिम्मेवारी दिइएको हो । ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संखुवासभाको सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित
-
गम्भीर दीर्घरोगीको प्रशामक सेवाका लागि रणनीति स्वीकृत
-
श्रीराम श्रेष्ठको नियात्रा संग्रह ‘यात्राको तस्बिर’ सार्वजनिक
-
छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गरेको प्रमाण बुझाउन निर्देशन
-
अहिले कुनै प्रकारको प्रतिगमन सम्भव छैन : प्रधानमन्त्री ओली
-
सर्लाहीमा हुरीका कारण ६ जना घाइते