आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

गम्भीर दीर्घरोगीको प्रशामक सेवाका लागि रणनीति स्वीकृत

शनिबार, ०३ जेठ २०८२, १३ : २५
शनिबार, ०३ जेठ २०८२

समाचार सारांश

  • स्वास्थ्यमन्त्री प्रदीप पौडेलले जीवन सीमित भएका बिरामीको उपचार र स्याहारका लागि राष्ट्रिय रणनीति २०२५-२०३५ स्वीकृत गरेका छन्।
  • रणनीतिले क्यान्सर, मुटु रोग, फोक्सो, अल्जाइमर्स जस्ता रोग लागेका बिरामी र परिवारलाई स्वास्थ्य सेवा दिने लक्ष्य राखेको छ।
  • यस रणनीतिले स्वास्थ्य संस्थामा जनशक्ति व्यवस्थापन, आवश्यक औषधि र स्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको छ, जसबाट नागरिकलाई सहज हुनेछ।

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जीवन सीमित भएका जटिल बिरामीको स्याहार तथा उपचार लक्षित गरी नेपाल प्रशामक सेवा राष्ट्रिय रणनीति २०२५ २०३५ स्वीकृत गरेका छन् । 

क्यान्सर, हृदय रोग, फोक्सो रोगी, अल्जाइमर्स, पार्किन्सन्स, मिर्गौलासम्बन्धी रोगजस्ता दीर्घकालीन जीवनलाई चुनौती दिने अवस्थामा प्रदान गरिने प्रशामक सेवाका लागि सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थालाई तयार पार्ने उद्देश्य रणनीतिले बोकेको छ । नेपालमा क्यान्सर रोगीहरूका लागि यस्तो सेवा भए पनि जीवन सीमित भएका अन्य बिरामी तथा परिवारका लागि स्वास्थ्य समस्या र त्यससँग जुध्न सक्ने गरी प्रशामक सेवा उपलब्ध छैन ।

मन्त्री पौडेलले स्वीकृत गरेको रणनीतिले स्वास्थ्य संस्थाहरूले त्यस्ता जटिल र उपचार सम्भव नदेखिएका बिरामीहरूको स्याहार, हेरचाह तथा परिवारलाई समस्यासँग जुध्न सहायता गर्ने अवस्थामा जोड दिएको छ । रणनीतिले यसका लागि हरेक तहका स्वास्थ्य संस्थालाई जनशक्ति निर्माण तथा सीप अभिवृद्धि गर्ने लक्ष्य लिएको छ । यसैगरी, हरेक स्वास्थ्य संस्थाबाट आवश्यक औषधी तथा स्तरीय सेवा दिने उद्देश्य पनि रणनीतिले बोकेको छ ।

रणनीति स्वीकृत भएसँगै अब धेरै नागरिकले भोग्दै आइरहेका जटिल प्रकृतिका समस्याको सामना गर्न परिवार, समाज तथा राज्यलाई प्रेरणा र सहायताका लागि सहज हुने अपेक्षा गरिएको छ । मन्त्रालयले रणनीतिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप