बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अहिले कुनै प्रकारको प्रतिगमन सम्भव छैन : प्रधानमन्त्री ओली

शनिबार, ०३ जेठ २०८२, १३ : १०
शनिबार, ०३ जेठ २०८२

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिगमन सम्भव नहुने बताएका छन् ।
  • ओलीले राष्ट्रिय हितको संरक्षण र अग्रगमनका लागि एकता आवश्यक रहेको समेत बताए ।
  • जननेता मदन भण्डारीको स्मरण गर्दै ओलीले कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन भण्डारीको योगदानको प्रशंसा गरे।

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले कुनै प्रकारको प्रतिगमन सम्भव नरहेको बताएका छन् । एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसका अवसरमा शनिबार मदन नगर बल्खुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले एमाले नेतृत्वको सरकार रहेकाले देशमा कुनै प्रकारको प्रतिगमन सम्भव नरहेको बताएका हुन् ।

प्रतिगमनका निम्ति कसैले कोसिस गरे ठुलो मूल्य चुकाउनुपर्ने उनले चेतावनी दिए । उनले राष्ट्रिय एकतामार्फत राष्ट्रिय हितको संरक्षण र अग्रगमनको सुनिश्चितता गरिने बताए । प्रधानमन्त्री ओलीले आफूहरूले शक्तिका स्रोत जनता नै हुन् भन्ने मान्यताका साथ जनताको शासन कायम गर्न खोजिएको उल्लेख गर्दै देशभक्ति, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय अखण्डताको मार्गलाई आफूहरूले कहिल्यै नछोडेको स्पष्ट पारे ।

त्यस्तै उनले एकताका लागि एकता नभई सही विचारमा अरूलाई सहमत गराएर पार्टीमा ल्याउने नीति लिनुपर्नेमा जोड दिए । उनले जननेता भण्डारी कम्युनिस्ट आन्दोलनलाई समयानुकूल रुपमा हाँक्ने नीतिकार रणनीतिकार भएको स्मरण गर्दै विश्वमा कम्युनिस्ट आन्दोलन धराशायी हुँदै गएका बेला जबजको वैचारिक अगुवाइमा पार्टीलाई लोकप्रिय र दुई तिहाइको अवस्थासम्म पुर्‍याउनुभएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप