संखुवासभाको सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित
सारांश
- बिहीबार राति आएको बाढीपहिरोले सभापोखरी गाउँपालिका-४ मा जनजीवन प्रभावित भएको छ। यातायात, विद्युत् र सञ्चार सेवा अवरुद्ध छन्।
- बाढीले वडा नं ३, ४ र ६ का सडक, विद्युत् खम्बा र टेलिफोन लाइन बगायो, जसले गर्दा सेवाहरू बन्द भए।
- बाढीले निर्माणाधीन २१ मेगावाटको हाइड्रोपावरमा क्षति पुर्यायो र आधा दर्जन घर विस्थापित भए। गाउँपालिकाले क्षतिको विवरण सङ्कलन गर्दैछ।
खाँदबारी । जिल्लाको सभापोखरी गाउँपालिका–४ स्थित सभाखोलामा बिहीबार राति आएको बाढी पहिरोका कारण स्थानीय जनजीवन प्रभावित बनेको छ । बाढीका कारण यातायात, विद्युत् तथा सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ ।
गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी चापागाईंका अनुसार भीषण वर्षासँगै आएको बाढी र पहिरोले वडा नं ३, ४ र ६ का सडक संरचना, विद्युत्का खम्बा तथा टेलिफोन लाइन बगाएका छन् । बाढीले खम्बा बगाएपछि शुक्रबारदेखि त्यस क्षेत्रमा सबै सेवा ठप्प भएको उपाध्यक्ष चापागाईंले बताए ।
बाढीले सभापोखरी–४ मा निर्माणाधीन २१ मेगावाटको सभापोखरी हाइड्रोपावरमा क्षति पुगेको छ । बाढीले सभापोखरी हाइड्रोपावरको निर्माण सामग्री बगाएको छ । बाढीपहिरोले सभापोखरीका विभिन्न वडामा आधादर्जन घर विस्थापित भएका छन् । बाढीबाट विस्थापित र क्षतिको विवरण गाउँपालिकाले सङ्कलन थालेको चापागाईंले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण