संखुवासभाको सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित

समाचार सारांश
- बिहीबार राति आएको बाढीपहिरोले सभापोखरी गाउँपालिका-४ मा जनजीवन प्रभावित भएको छ। यातायात, विद्युत् र सञ्चार सेवा अवरुद्ध छन्।
- बाढीले वडा नं ३, ४ र ६ का सडक, विद्युत् खम्बा र टेलिफोन लाइन बगायो, जसले गर्दा सेवाहरू बन्द भए।
- बाढीले निर्माणाधीन २१ मेगावाटको हाइड्रोपावरमा क्षति पुर्यायो र आधा दर्जन घर विस्थापित भए। गाउँपालिकाले क्षतिको विवरण सङ्कलन गर्दैछ।
खाँदबारी । जिल्लाको सभापोखरी गाउँपालिका–४ स्थित सभाखोलामा बिहीबार राति आएको बाढी पहिरोका कारण स्थानीय जनजीवन प्रभावित बनेको छ । बाढीका कारण यातायात, विद्युत् तथा सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ ।
गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी चापागाईंका अनुसार भीषण वर्षासँगै आएको बाढी र पहिरोले वडा नं ३, ४ र ६ का सडक संरचना, विद्युत्का खम्बा तथा टेलिफोन लाइन बगाएका छन् । बाढीले खम्बा बगाएपछि शुक्रबारदेखि त्यस क्षेत्रमा सबै सेवा ठप्प भएको उपाध्यक्ष चापागाईंले बताए ।
बाढीले सभापोखरी–४ मा निर्माणाधीन २१ मेगावाटको सभापोखरी हाइड्रोपावरमा क्षति पुगेको छ । बाढीले सभापोखरी हाइड्रोपावरको निर्माण सामग्री बगाएको छ । बाढीपहिरोले सभापोखरीका विभिन्न वडामा आधादर्जन घर विस्थापित भएका छन् । बाढीबाट विस्थापित र क्षतिको विवरण गाउँपालिकाले सङ्कलन थालेको चापागाईंले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलस्थित नेपालीको अवस्था बुझ्न एनआरएनएको अन्तरक्रिया
-
लागुऔषधसहित पर्साबाट चार जना पक्राउ
-
पहिरोले अवरूद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा
-
ग्वार्कोमा बसले कार र टेम्पोलाई ठक्कर दिँदा ६ जना घाइते
-
ग्रे–लिष्टदेखि मर्जरसम्मका समस्या समाधानबारे राष्ट्र बैंकद्वारा गठित कार्यदलले माग्यो सुझाव
-
युके पठाउँछु भनेर ठगेको आरोपमा युवती पक्राउ