गमगाढ नदीमा पुल निर्माण नहुँदा आवागमनमा कठिनाइ
मुगु । गमगाढ नदीमा ठेकेदारले पुल निर्माण नगर्दा स्थानीय र विद्यार्थीलाई विद्यालयमा आउजाउ गर्न समस्या भएको छ ।
वर्षाको समयमा खोला बढ्ने र बाढीले बगाउने डरले आकाशमा कालो बादल लाग्नासाथ विद्यार्थी बिदा मागेर घर फर्किन्छन् । मुगुको छायाँनाथ रारा नगरपालिका १, १०, ११ र १२ त्यसैगरी मुगूम कार्मारोङ गाउँपालिकाका स्थानीय जिल्ला सदरमुकाम गमगढी बजारमा आउँदा जाँदा गमगाढ खोला तर्नका लागि खोलामाथि राखिएका काठका दुई लाप्का भएर खोला तर्दा काँप्दै खोला तर्ने गर्छन् । दिनमा यही लाप्काको भरमा काम्दै सयौँको सङ्ख्यामा गमगाढ खोलामाथि तर्ने गरेको स्थानीय सुरेन्द्रबहादुर मल्लले बताए ।
छायाँनाथ रारा नगरपालिका–१ श्रीनगर गाउँमा रहेको मीन माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा सपना मल्ल र महाकाली नमूना माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत छात्रा मुस्कान मल्लले आफ्नो घरबाट विद्यालय जाँदा गमगाढ खोलामाथिका दुई लाप्का भएर जानुपर्ने बाध्यता भएकाले सधैँ विद्यालय जाँदा र घर फर्कँदा डराउँदै खोला तर्ने गरेको गुनासो गरे ।
मुगुम कार्मारोङ गाउँपालिका–२ मुगुगाउँका पेमा तोर्चे लामाले भारी बोकेर उक्त खोला तर्दा काठका लाप्का हल्लिएर रिँगटा लाग्दा खोला किनारमा खसेको सम्झँदै भने, “सदरमुकाम गमगढीबाट यार्सा टिप्न पाटन जाँदा चाहिने औषधि, लत्ताकपडा र केही खानेकुरा किनेर घर फर्किंदै थिएँ, खोलामा खसेँ, भारी बगायो, म बाँचेँ ।”
जिल्ला सदरमुकाम जाँदा र फर्किँदा बाटोमा पर्ने गमगाढ खोलाको अल्कासाँघु भन्ने स्थानमा पक्की पुल नहुँदा सिङ्गो मुगुम कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिका–१९ गाउँका बासिन्दाले सधैँ सास्ती भोग्दै आएका छन् ।
मीन माविमा अध्ययनरत विद्यार्थी आकाशमा कालो बादल आउनासाथ बिदा मागेर घर जान हतार गर्ने गरेको शिक्षक शिवलक्ष्मी मल्लले बताए । उनका अनुसार वर्षाको समयमा बाढी आएर खोला तर्न कठिन हुने भएकाले पानी पर्नुभन्दा पहिल्यै खोला तरिसक्नका लागि पढाइ बीचमै छाडेर विद्यार्थी घर जान हतार गर्ने गरेका छन् । पुल नहुँदा त्यही खोला तरेर आउने विद्यार्थीको पढाइमा समेत असर गरेको शिक्षक मल्लले बताए ।
सडक डिभिजन कार्यालय जुम्लाले नाग्म गमगढी लोगमार्गको नदी र खोला खण्डमा पर्ने दश वटा पक्की पुलको निर्माण गर्न विसं २०७८ फागुन ९ गते हिम सगरमाथा कन्स्ट्रक्सन प्रालिसँग रु ३२ करोड ६८ लाख ९२ हजारमा सम्झौता गरेको थियो ।
निर्माण प्रालिले कालीकाखेतु, बाँजागाड, विष्टवाडा, रोकायावाडा, गोठीजिउला, पिना, झ्यारीखोला, गमगाढ, लुम्स त्यसैगरी काठेखोलासम्म नाग्म गमगढी लोगमार्गको नदी र खोला खण्डमा पर्ने दश वटा पक्की पुलको निर्माण ०८२ साल भदौ ८ गतेभित्र सम्पन्न गर्ने गर्ने गरी जिम्मा लिएको थियो ।
गमगाढ खोलामा निर्माण हुने पक्की पुल ठेकेदार कम्पनीको लापरबाहीका कारण सम्झौता भएको तीन वर्ष बित्नलाग्दा पनि सम्पन्न हुन सकेको छैन । सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी चित्र चौलागाईंले नाग्म गमगढी लोकमार्गअन्तर्गत पर्ने गमगाढ नदीका निर्माण हुने पक्की पुल निर्माण गर्न जिम्मा लिएको हिम सगरमाथा कन्स्ट्रक्सन प्रालिलाई कार्यालयबाट पटकपटक पत्राचार भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय स्तरको पाठ्यक्रममा नैतिक शिक्षासम्बन्धी विषयवस्तु समावेश गर्न माग
-
प्रधानमन्त्रीपत्नीको स्पष्टोक्ति : सुरक्षाकर्मीले आफ्नै ब्याग बोकेका हुन्, मेरो होइन
-
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार
-
डा. गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी
-
रास्वपाको केन्द्रीय समिति निर्वाचन राति साढे १० बजेदेखि हुने
-
१० बजे १० समाचार : रास्वपाको युरोपियन मोडल, संवैधानिक परिषद् अध्यादेश विवादमा पूर्णविराम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण