मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

नेटफ्लिक्समा एउटै फिल्म ८१ करोड घण्टा हेरियो

बुधबार, २७ मङ्सिर २०८०, ११ : १०
बुधबार, २७ मङ्सिर २०८०

काठमाडौँ । नेटफ्लिक्सले इतिहासमै पहिलो पटक ९९ प्रतिशत कार्यक्रमको भ्युवर डेटा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ‘द लाइट एजेन्ट’लाई कूल ८१ करोड २० लाख घण्टा हेरिएको छ । यो वर्षको पहिलो अर्धवार्षिक अवधिमा यो राजनीतिक थ्रिलर नेटफ्लिक्समा सबैभन्दा धेरै हेरिने शो बनेको छ । 

प्लेटफर्ममा कन्टेन्टको प्रदर्शनबारे पारदर्शी बन्न नसकेको भन्दै नेटफ्लिक्सले व्यापक आलोचना खोप्दै आएको थियो । विज्ञापनदाताहरूले प्लेटफर्मका कन्टेन्टहरूको लोकप्रियताबारे पारदर्शिताको माग चर्काएपछि कम्पनीले शोहरुको भ्यु आवर सार्वजनिक गर्न बाध्य भएको हो ।

आलोचना यस वर्ष हलिउडमा भएको बन्द हडतालमा केन्द्रित थियो । बन्द हडतालका कारण कयौँ महिनासम्म हलिउडको फिल्म र टिभी उद्योग ठप्पै भएको थियो । प्रतिवेदनमा कम्पनीले जनवरीदेखि जुनको बिचमा हेरिएको घण्टाका आधारमा १८ हजार ओटा शोको सूचि तयार पारेको थियो । 

यी शोहरुलाई करिब १ खर्ब घण्टा हेरिएको छ । सूचीमा सबैभन्दा धेरै हेरिने दोस्रो र तेस्रो शो जिन्नी एन्ड जजर्जियाको दोस्रो सिजन र द ग्लोरी रहेको छ । यी दुवै शोलाई क्रमशः ६६ करोड ५१ लाख र ६२ करोड २८ लाख घण्टा हेरिएको छ । चौथो स्थानमा रहेको वेड्नस्डेको कूल भ्यु आवर ५० करोड ७७ लाख घण्टा रहेको छ । कम्पनीले अब भने हरेक ६/६ महिनामा यो प्रतिवेदन सार्वजनिक गर्ने बताएको छ ।

नेटफ्लिक्समा सर्वाधिक हेरिएका शोमा एक तिहाइ गैरअंग्रेजी भाषाका कन्टेन्ट छन् । केही पुराना शोहरुको माग अझै पनि उच्च रहेको कम्पनीले बताएको छ । नेटफ्लिक्समा विश्वभर २५ करोड जति सब्सक्राइबर छन् । यो विश्वको सबैभन्दा ठुलो स्ट्रिमिङ सर्भिस हो । सन् २०२१ यता कम्पनीले हरेक हप्ता अंग्रेजी र गैर अंग्रेजी भाषाका शीर्ष १० र सबैभन्दा लोकप्रिय शोको सूची सार्वजनिक गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप