झम्सीखेल घटना : ५८ लाखमा ‘आइस ड्रग्स’ बेच्न खोज्दा प्रहरीसँग भएको थियो जम्काभेट
काठमाडौँ । ललितपुरको झम्सिखेल स्थित फो–९९ रेस्टुरेन्टमा प्रहरी र लागु औषध कारोबारीबिच जम्काभेट भयो । सो क्रममा मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाउँदा उदयपुर घर भएका अविनाश राई घाइते भए । उदयरपुरको लेखानी गाउँपालिका–९ घर भएका राईले प्रहरीलाई आक्रमण गर्न खाजेपछि जवाफी कारबाही गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई जानकारी दिए ।
अविनाशको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको साथबाट प्रहरीले एकथान कटुवा पेस्तोल बरामद गरेको छ । सो कटुवा पेस्तोलले अविनाशले प्रहरीलाई आक्रमण गर्न खोजेको एसपी रेग्मीले दाबी गरेका छन् ।
अविनाशको साथबाट ४८५ ग्राम लागु औषध एम्फेटामाइन ‘आइस ड्रग्स’ प्रहरीले बरामद गरेको छ । त्यही लागु औषधको सूचना पछ्याउँदै जाँदा अनुसन्धान अधिकृतहरू र अविनाशको बिचमा ‘जम्काभेट’ भएको थियो । प्रहरीले हानेको गोलीबाट अविनाशको दाहिने गोडामा चोट गालेको छ ।
‘आइस ड्रग्स’ उनले भारतको कलकत्ताबाट ल्याएका हुन् । झापाको काँकरभिट्टा हुँदै काठमाडौँमा आइस ड्रग्स ल्याएको सूचना पाएपछि प्रहरीले उनलाई पिछा गरिरहेको थियो । करिब डेढ महिना पिछा गरेपछि प्रहरी र अविनाश बिच मंगलबार दिउँसो झम्सीखेलमा जम्काभेट भएको हो । लागु औषध किन्न खोज्ने एक जना व्यक्तिसँग अविनाशले प्रतिग्राम १२ हजारमा बेच्नेगरी डिल गर्दै थिए । कलकत्ताबाट उनले सो लागु औषध प्रतिग्राम ९ हजारमा खरिद गरेको प्रहरीलाई बताएका छन् ।
बरामद लागु औषधको बजार मूल्य प्रतिग्राम १२ हजारको दरले ५८ लाख भन्दा बढी हुन्छ । मंगलबार खरिदकर्तालाई चार ठाउँ परिवर्तन गरेर अन्तिममा अविनाशले झम्सीखेलमा बोलाएका हुन् । त्यहाँ खरिदकर्ता सँगै गएर प्रहरीले गोली चलाएर उनलाई नियन्त्रणमा लिएको छ ।
अनुसन्धान अधिकृतहरूले अविनाशको आपराधिक इतिहास खोजिरहेका छन् । लामो समयदेखि उनी लागु औषध ओसारपसारमा संलग्न रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । कलकत्ताबाट रेलमा झापाको सीमावर्ती बजार पानीट्यांकीसम्म ल्याएर त्यहाँबाट सिन्धुलीको बाटोबाट काठमाडौँमा आइस ड्रग्स ल्याएको अविनाशले प्रहरीलाई बताएका छन् ।
आइस ड्रग्स कारोबारको मुख्य नाइके नेपाली मूलको भारतीय भएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए । ४० वर्षीय अविनाश राई विरुद्ध प्रहरीले लागु औषध र हातहतियार खरखजाना मुद्दामा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण