समाचार
ललितपुरको झम्सीखेलमा गोली चल्यो, एक जना पक्राउ
मङ्गलबार, २६ मङ्सिर २०८०, १३ : ११

ललितपुर । ललितपुरको झम्सीखेलमा मंगलबार गोली चलेको छ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो ।
एसपी रवीन्द्र रेग्मीका अनुसार एकजना लागूऔषध कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर घर भएका अविनाश राई रहेका छन् ।
उनको दाहिने खुट्टामा गोली लागेको छ । घाइते भएका राईलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ ।
राईको साथबाट पेस्तोलसहित लागूऔषधसमेत बरामद गरिएको रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङमा टेबलटेनिस र बुद्धिचाल प्रतियोगिता सुरू
-
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री
-
बाबुरामलाई प्रश्न– प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र छाडेकोमा पश्चाताप लागेको छैन ?
-
मोदीको भनाई खारेज गर्दै पाकिस्तानले भन्यो – हामी ‘आतंकवाद पीडित’
-
ट्रम्पको दाबी भारतद्वारा अस्वीकार
-
त्रिशुली नदीमा डुबेर दुई बालिका बेपत्ता