ग्रेटर लुम्बिनी परियोजना गुमनाम
बुटवल । मङ्सिर २६ गते मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवलपरासीको रामग्राम स्तूप क्षेत्रमा आयोजित कार्यक्रममा ‘ग्रेटर लुम्बिनी परियोजना’को प्रसङ्ग निकाले । एक दशक अघि आफ्नै प्रधानमन्त्रीत्वकालमा सुरु भएको उक्त परियोजनाको चर्चा प्रचण्डले यतिबेला गरे पनि अहिले त्यो परियोजना कहाँ छ र के गर्दैछ भन्नेबारे सरोकारवालालाई कुनै जानकारी नै छैन ।
सरकारले ०६८ सालमा बृहत्तर लुम्बिनी परियोजना गठन गरेको थियो । तर अहिले त्यो संस्था कहाँ छ, के गरिरहेको छ भन्नेबारे नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष लगायतलाई नै थाहा छैन ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सूचना अधिकारी उपसचिव रामकृष्ण श्रेष्ठले आफूले बृहत्तर लुम्बिनी परियोजनाको नाम सुनेको तर कहाँ के काम गर्दैछ भन्नेबारे संस्कृति महाशाखालाई जानकारी हुने बताए ।
महाशाखाका उपसचिव युवराज रेग्मीले पनि उक्त परियोजनाबारे आफूलाई राम्रो जानकारी नरहेको र यसबारेमा बुुझनै पर्ने रातोपाटीलाई बताए । उनले भने, ‘खासै मैले त्यसबारेमा थाहा पाएको छैन, वेबसाइट पनि छैन, कहाँ के छ भन्नेबारे बुझ्नैपर्ने हुन्छ ।’

ग्रेटर लुम्बिनी परियोजनाले लुम्बिनी, कपिलवस्तुको तिलौराकोट, नवलपरासीको रामग्राम, रुपन्देहीको देवदहलाई एकीकृत विकास गर्ने लक्ष्य लिएको थियो । लुम्बिनी विकास कोषका सूचना अधिकारी डा हरिध्वज राईले ग्रेटर लुम्बिनी अहिले गुमनाम रहेको रातोपाटीलाई बताए ।
ग्रेटर लुम्बिनी परियोजना गठन हुनु अघि बुद्ध जन्मेको स्थानलाई मात्रै सरकारले संरक्षण, विकासमा ध्यान दिने गरेको थियो तर अहिले तिलौराकोट, रामग्राम, देव दह आदिको विकासको लागि पनि ध्यान दिँदै धेरै काम गरेको छ । बुद्ध जन्मस्थल लुम्बिनी, अष्ट धातु रहेको रामग्राम, मावली स्थल देव दहलाई समेटेर बुद्ध सर्किटका रूपमा विकास गरिएको छ । त्यहाँ पुग्न सडक सञ्जाल विस्तार भएको छ । परिणामस्वरुप पर्यटक संख्या वृद्धि भएको लुम्बिनी विकास कोषका सूचना अधिकारी डा. राईले बताए ।
पर्यटनविद् प्राध्यापक डा. जितु गिरीले सरकारले बुद्धसँग सम्बन्धित सँबै ठाउँलाई विकास गर्ने अवधारणासहित ग्रेटर लुम्बिनी स्थापना गरेको बताउँदै उक्त संस्था अहिले गुमनाम भए पनि उसले ल्याएको अवधारणा अनुसार केही काम भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानीधारामा सुख्खा पहिरो, मुग्लिन–नारायणघाट सडकखण्ड अवरुद्ध
-
सीटीइभीटीको एकेडेमिक काउन्सिलमा ४ जना विज्ञ नियुक्त
-
सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ट्राफिक प्रहरीको चिट
-
काठमाडौँमा ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी
-
२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि
-
‘सास फेर्ने ठाउँ’ खोज्दैछ बैंकिङ क्षेत्र, निजी क्षेत्रसँग छैनन् ठोस एजेन्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण