टिपरको ठक्करबाट मृत्यु भएका किशोरको शव बुझ्न आफन्त सहमत
बुटवल । दाङमा टिपरको ठक्करबाट मृत्यु भएका दुई किशोरको शव बुझ्न आफन्त सहमत भएका छन् । आफन्तले शव बुझ्ने सहमति जनाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको छ ।
उचित क्षतिपूर्ति र चालकलाई कारबाहीको माग राख्दै आफन्तले आन्दोलन गरेपछि घोराहीमा सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएपछि थप तनाव उत्पन्न भएको थियो । जिल्ला प्रशासन कार्यालय घोराहीमा भएको दुई पक्षीय वार्तामा सहमति जुटेको छ ।
पीडित पक्षबाट वार्तामा बसेका बालेन्द्र केसीले बीमाले तोकेको रकमभन्दा अतिरिक्त प्रति परिवार एक लाख ५० हजारका दरले थपेर राहत दिने सहमति भएको जानकारी दिए । उनले मोटरसाइकल मर्मत र पीडितलाई खर्च पनि बेहोर्ने सहमति भएको बताए ।
शुक्रबार राती घोराही उपमहानगरपालिका १० मा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार प्युठानको झिमरुक गाउँपालिका बांगेमरोठका १७ वर्षीय विशाल जिसी र नौवहिनी गाउँपालिका लुङका १८ वर्षीय सागर केसीको मृत्यु भएको थियो ।
तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा१क १३०७ नम्बरको टिप्परले विपरीत दिशाबाट जाँदै गरेको रा२प ५५८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
प्रहरीले घोराहीमा आन्दोलन गर्ने एक दर्जनभन्दा बढीलाई नियन्त्रण लिएका पीडित पक्षलाई छाडेपछि वार्ता भएको थियो । अहिले सडक सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३१ दिनपछि यसरी गरिँदैछ अयातोल्लाह अली खामेनेईको अन्त्येष्टि
-
४ निकाय सचिवविहीन, ६ सचिव जगेडामा
-
शपथका लागि घण्टीघरमा जमघट, तस्बिरहरू
-
८ विश्वविद्यालयको उपकुलपतिका लागि ३/३ जनाको नाम टुंगियो, अब निर्णयको तयारी
-
निरन्तर १२ खेलमा अपराजित बन्यो मेक्सिको, जम्मा दुई गोल खाँदा २३ गोल गर्यो
-
तर्कभन्दा बाहिर हालान्डको तथ्यांक : ५३ खेलमै ६० गोल, रोनाल्डोलाई उछिन्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण