राजधानीको म्हैपीमा ४ लाख बराबरको चोरी
सोमबार, ०२ पुस २०८०, १० : ४७
काठमाडौं । काठमाडौं महानगरपालिका–२६ स्थित म्हैपीमा नगद र गहना सहित ४ लाख बराबरको चोरी भएको छ । म्हैपीमा डेरा गरी बस्ने तनहुँ भानु नगरपालिका–९ घर भएका विनोद लैदारीको कोठाबाट कोही नभएको मौकामा चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
लौदारीको ढोकाको ताल्चा चोरले फुटाएका हुन् । डेराबाट ३ तोला बराबरको सुनको विभिन्न गहना र नगद ५० हजार नगद चोरी भएको छ । चोरीमा संलग्न आरोपीको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण