विश्व सामाजिक मञ्चको सोह्रौँ संस्करण नेपालमा हुने

काठमाडौँ । विश्व सामाजिक मञ्चको सोह्रौँ संस्करण नेपालमा हुने भएको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी विश्व सामाजिक मञ्च आयोजक समितिले सो जानकारी गराएको हो ।
संस्करण आगामी फागुन ३ देखि ७ गतेसम्म काठमाडौँमा हुनेछ । सन् २००१ मा ब्राजिलको पोर्तो एलेग्रेबाट आरम्भ भएको उक्त विश्व सामाजिक मञ्च यसअघि दक्षिण एशियामा सन् २००४ मा आयोजना भएको थियो । फेब्रुअरी १५ का दिन बिहान ऐक्यबद्धता ¥यालीपछि खुलामञ्चमा जम्मा हुनेछ ।
विश्वभरबाट ५० हजारको संख्यामा सहभागी हुने र सो पछिका ४ दिनसम्म विभिन्न १३ वटा विधाहरुमा विभिन्न सत्रहरु आयोजना हुने आयोजक समिति सदस्य नेत्र तिमिल्सिनाले बताए । उनले सम्मेलनमा विश्वभरका विभिन्न सामाजिक सवालहरुलाई एकै थलोमा छलफल गरी आर्थिक असमानता, युद्ध, द्वन्द्व, बेथिति, जलवायु परिवर्तन, अन्याय, अत्याचार, मानव बेचबिखन, शोषण जस्ता सवालहरुमा केन्द्रित रहने बताए ।
उनले विश्व सामाजिक मञ्चले विश्वभर नै शान्ति, समानता, स्थिरता, जलवायु न्याय, मानव अधिकार, श्रमिक अधिकार, खाध्य सम्प्रभुताका पक्षमा आवाज उठाउँदै आएको पनि बताए ।
उनले काठमाडौंको राष्ट्रिय सभागृहमा सो कार्यक्रम हुने तयारी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा
-
आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या
-
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै
-
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै
-
मेस्सीको गोलले इन्टर मियामीलाई पोर्टोमाथि जित
-
दुई भुक्तानी सेवा प्रदायकको अनुमति पत्र खारेज