विश्व सामाजिक मञ्चको सोह्रौँ संस्करण नेपालमा हुने
काठमाडौँ । विश्व सामाजिक मञ्चको सोह्रौँ संस्करण नेपालमा हुने भएको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी विश्व सामाजिक मञ्च आयोजक समितिले सो जानकारी गराएको हो ।
संस्करण आगामी फागुन ३ देखि ७ गतेसम्म काठमाडौँमा हुनेछ । सन् २००१ मा ब्राजिलको पोर्तो एलेग्रेबाट आरम्भ भएको उक्त विश्व सामाजिक मञ्च यसअघि दक्षिण एशियामा सन् २००४ मा आयोजना भएको थियो । फेब्रुअरी १५ का दिन बिहान ऐक्यबद्धता ¥यालीपछि खुलामञ्चमा जम्मा हुनेछ ।
विश्वभरबाट ५० हजारको संख्यामा सहभागी हुने र सो पछिका ४ दिनसम्म विभिन्न १३ वटा विधाहरुमा विभिन्न सत्रहरु आयोजना हुने आयोजक समिति सदस्य नेत्र तिमिल्सिनाले बताए । उनले सम्मेलनमा विश्वभरका विभिन्न सामाजिक सवालहरुलाई एकै थलोमा छलफल गरी आर्थिक असमानता, युद्ध, द्वन्द्व, बेथिति, जलवायु परिवर्तन, अन्याय, अत्याचार, मानव बेचबिखन, शोषण जस्ता सवालहरुमा केन्द्रित रहने बताए ।
उनले विश्व सामाजिक मञ्चले विश्वभर नै शान्ति, समानता, स्थिरता, जलवायु न्याय, मानव अधिकार, श्रमिक अधिकार, खाध्य सम्प्रभुताका पक्षमा आवाज उठाउँदै आएको पनि बताए ।
उनले काठमाडौंको राष्ट्रिय सभागृहमा सो कार्यक्रम हुने तयारी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जाइन्ट किलर’ ले इतिहास रच्दा विश्वकपकै सबैभन्दा भावुक क्षण बन्यो
-
हैदराबादको सडक अब ‘डोनाल्ड ट्रम्प एभिन्यु’: ट्रम्पले तस्बिर सेयर गर्दै भने, ‘थ्याङ्क्यू’
-
कांग्रेस नेता अभिषेक गिरी पक्राउ
-
हिउँ परेको साँझ जङ्गलछेउ रोकिँदा
-
आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु
-
खाडीबाट फर्केर गाईपालन, मासिक रु दुई लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण