‘शान्ति प्रयास’को चौथो संस्करण फागुनमा, २२ राष्ट्रका सैनिक सहभागी हुने
काठमाडौँ । शान्ति स्थापना कार्यमा सहभागी हुने फौजको पेशागत दक्षता तथा आपसी समन्वयात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपालमा बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास को चौथो संस्करण आयोजना हुने भएको छ ।
नेपाली सेनाले आयोजना गर्ने यो अभ्यास फाल्गुण ८ गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ । संयुक्त राज्य अमेरिकी सरकारको ग्लोबल पिस अपरेसन इनिसिएटिभको सहयोगमा सञ्चालन हुने अभ्यासको पूर्व तयारी स्वरूप गत मङ्सिर २५ गतेदेखि २९ गतेसम्म श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा नेपाल, अमेरिका, अस्ट्रेलिया लगायतका देशहरूका प्रतिनिधिहरू सम्मिलित प्लानिङ कन्फरेन्स सञ्चालन भएको थियो ।
_0yW26SZvwd.jpg)
नेपाल, बङ्गलादेश, श्रीलङ्का र संयुक्त राज्य अमेरिकाका सैनिकहरू सम्मिलित भई नेपालमा सन् २००० मा पहिलो पटक अभ्यास शान्ति प्रयास-I सञ्चालन भएको थियो यस्तै, सन् २०१३ मा २३ राष्ट्रका ८५० सैनिकहरू र सन् २०१७ मा २९ राष्ट्रका ११३५ सैनिकहरू सम्मिलित भई यसको दोस्रो र तेस्रो संस्करण सञ्चालन भइसकेको छ ।
_p27X1yv68u.jpg)
अभ्यास शान्ति प्रयासको चौथो संस्करणमा नेपाल सहित २२ राष्ट्रका सैनिकहरूको सहभागिता रहने प्रारम्भिक योजना छ । अभ्यासमा स्टाफ ट्रेनिङ इभेन्ट, फिल्ड ट्रेनिङ इभेन्ट, क्रिटिकल इनेब्लर एन्ड क्यापासिटी इन्हान्समेन्ट गरी ३ किसिमका गतिविधिहरू समावेश हुनेछन् । यस्तै, सोही अवधिभित्रै शान्ति कार्य सम्बन्धी रिजनल ट्रेनिङ सेमिनार पनि आयोजना हुनेछ ।
यस प्रकारको अभ्यासबाट शान्ति स्थापना कार्यमा देखा परेका चुनौतीहरूको बारेमा सहभागी राष्ट्रका सैनिकहरू अवगत हुनुको साथै ती चुनौतीहरू सामना गर्न आवश्यक क्षमता एवं समान व्यावसायिक कार्यशैली विकास गर्न मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्याटमा ३० प्रतिशत अग्रीम कट्टीको व्यवस्था खारेज, निर्माण व्यवसायीको वर्षौँदेखिको माग पूरा
-
‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग
-
रित्तिँदै राहदानीको मौज्दात, सरकारभित्रै छैन एकमत
-
अफगानिस्तानमा रहेका बारुती सुरुङ हटाउने घोषणा
-
पूर्वी भारतको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते
-
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण