राज्य व्यवस्था समिति बैठक
सार्वजनिक लेखा समितिका सभापतिको अभिव्यक्तिप्रति गगन थापाको आपत्ति
बुधबार, ०४ पुस २०८०, १३ : ४३
काठमाडौँ । सांसद गगन थापाले एउटा समितिले अर्को समितिको कुरा काटेको भन्दै यसबारेमा गम्भीर रूपमा कुरा उठाउनुपर्ने बताएका छन् । सांसद थापाले बुधवार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै यसबारे आजै सभामुखको ध्यानाकर्षण गराउनुपर्ने बताए ।
उनले मङ्गलवार सार्वजनिक लेखा समितिमा एनसेलको विषयमा भएको छलफलमा समितिका सभापतिले अराजक ढंगले प्रस्तुत भएको बताए ।
उनले भने, ‘हिजो एनसेल सम्बन्धी बैठकलाई सार्वजनिक लेखा समितिका सभापतिले सुन्ड्मुन्ड र सरकारले अह्राएर गरेको भन्नुभएको रहेछ । तर हाम्रो छलफल त पूर्व तयारीअनुसार भएको हो। एउटा समितिले अर्को समितिले कुरा काट्दै जाने हो भने संसद्को गरिमा के होला ? यस विषयमा गम्भीर रूपमा कुरा उठाउनै पर्छ ।’
सांसद थापाले यस्ता विषयमा अलि लामो समय राखेर छलफल गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण