सुर्खेतमा लगातार अवैध सामाग्रीहरू भित्रिँदै

सुर्खेत । पछिल्लो समय सुर्खेतमा अवैध सामाग्रीहरूको ओसार–पसार बढिरहेको छ । तीन दिनमा मात्रै तीन वटा अवैध सामाग्री बोकेका सवारी साधनहरु प्रहरीले नियन्त्रणमा लिएको हो । विशेष गरी नेपालगन्ज हुँदै सुर्खेत भित्रिने सवारी साधनहरूमा भन्सार छलिका सामाग्रीहरू भित्रिने गरेका हुन् ।
सोमबार मात्रै कोहलपुर–सुर्खेत रत्न राजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिका–१० तोलिखोलाबाट अवैध रूपमा ओसारपसार भई आएको सुपरपावर सुर्ती ८ बोरा, १ बोरा मिठा सुपारी, दुई बोरा चकलेट प्रहरीले नियन्त्रणमा लियो ।
नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको ना.७ ख.६०५६ न. को बसमा उक्त अवैध सामाग्री ल्याइएको थियो । व्यापारीहरूले भन्सार छलेर मालबहाक गाडी बाहेकका सवारी साधनबाट पनि ओसारपसार गर्ने गरेका छन् ।
बिहीबार पुनः सोही ठाउँबाट अवैध सामाग्री बोकेको अर्को बस पनि प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ४ जनाको प्रहरी टोलीले नेपालगन्जदेखि सुर्खेततर्फ आउँदै गरेको भे १ ख २६५४ नम्बरको बसलाई चेक जाँच गर्ने क्रममा ६० प्याकेट मिठासुपारी, ३०० पाकेट सुपर पावर सुर्ती, २५ प्याकेट पान मसला, २७ पिस रेडिमेट कुर्ता सुरुवाल, ८ पिस उलन कुर्ता सुरुवाल, १६० पिस पातलो कुर्ता सुरुवाल गरी दुई लाख ३० हजार बराबरको सामान बरामद भएको सुर्खेत प्रहरीले जनाएको छ ।
बिहीबार राति नै वीरेन्द्रनगरबाट प्रहरीले अवैध सामाग्री ल्याएको फोर्स गाडी नियन्त्रणमा लिएको छ । वीरेन्द्रनगरस्थित एरिचोकबाट प्रहरीको घुमुवा टोलीले नियन्त्रणमा लिएको हो ।
कप्र०२–००१ ख ०६९६ नम्बरको फोर्स गाडीमा ८ बोरा चिनी, चार बोरा चकलेट, एक सय पोका महेश र चार बोरा मिठासुपारी बरामद गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रेदशसभा : आजदेखि बजेटमा छलफल
-
जाइका नेपाल प्रमुखको टोलीद्वारा तनहुँ जलविद्युत आयोजना निरीक्षण
-
सबै प्रतिपक्षलाई विश्वासमा लिएर सदन चलाउनुपर्छ : नारायणकाजी श्रेष्ठ
-
जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि गणतन्त्रले राखेको अभीष्ट हो : राष्ट्रपति पौडेल
-
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै
-
विधान महाधिवेशन नै नभई नेतृत्वबारे अनावश्यक अनुमान नगर्न पौडेलको निर्देशन