आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट : गण्डकी प्रदेशलाई हराउन कर्णालीले १४२ रन बनाउनुपर्ने

शुक्रबार, ०६ पुस २०८०, ११ : २२
शुक्रबार, ०६ पुस २०८०

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन शुक्रबार गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई जितका लागि एक सय ४२ रनको ठूलो लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको गण्डकी प्रदेशले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ४१ रन बनाएको हो ।
गण्डकी प्रदेशका दुई ब्याटरले अर्धसतक बनाए । ओपरन अञ्जली विश्वकर्माले टोलीका लागि ५१ रनको योगदान गरिन् । उनले ४८ बलमा आठ चौका पनि प्रहार गरिन् । पाँचौँ नम्बरकी ब्याट्र ज्योत्सनिका मरासिनीले पनि टोलीका लागि ५० रनको योगदान गरिन् । मरासिनीले ४० बलको सामना गरी एक छक्का र पाँच चौका हिर्काइन् ।

सुमन खतिवडाले २२ रन बनाइन् । उनले १७ बलमा एक छक्का र दुई चौका प्रहार गरिन् । गण्डकी प्रदेशले अतिरिक्त रुपमा १५ रन पाएको थियो । कर्णाली प्रदेशका बलर यमुना थारु र अञ्जु गुरुङले दुई–दुई विकेट लिए । रश्मी खड्काले पनि एक विकेट हात पारिन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप