प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट : गण्डकी प्रदेशलाई हराउन कर्णालीले १४२ रन बनाउनुपर्ने
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन शुक्रबार गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई जितका लागि एक सय ४२ रनको ठूलो लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको गण्डकी प्रदेशले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ४१ रन बनाएको हो ।
गण्डकी प्रदेशका दुई ब्याटरले अर्धसतक बनाए । ओपरन अञ्जली विश्वकर्माले टोलीका लागि ५१ रनको योगदान गरिन् । उनले ४८ बलमा आठ चौका पनि प्रहार गरिन् । पाँचौँ नम्बरकी ब्याट्र ज्योत्सनिका मरासिनीले पनि टोलीका लागि ५० रनको योगदान गरिन् । मरासिनीले ४० बलको सामना गरी एक छक्का र पाँच चौका हिर्काइन् ।
सुमन खतिवडाले २२ रन बनाइन् । उनले १७ बलमा एक छक्का र दुई चौका प्रहार गरिन् । गण्डकी प्रदेशले अतिरिक्त रुपमा १५ रन पाएको थियो । कर्णाली प्रदेशका बलर यमुना थारु र अञ्जु गुरुङले दुई–दुई विकेट लिए । रश्मी खड्काले पनि एक विकेट हात पारिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
-
विश्व आदिवासी युवा सम्मेलन सम्पन्न
-
युवाहरूले बिदेसिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री वाग्ले
-
सहकारी ठगको पैसा सरकारी बजेटबाट तिर्न सुरु गरे वर्तमान व्यवस्था नै ढल्छ : दुर्गा प्रसाईं
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण